कृष्णउदास खनाल‚ वीरगन्ज । परम्परा अनुसारको पहिरन लगाउन नमानेको भन्दै दुलाहामाथि दुर्ब्यवहार भएपछि पर्सामा दुलही लिन आएको जन्ती रित्तो हात घर फर्केको छ ।
खासगरी विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो ।वीरगन्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा गएको जन्ती विवादपछि दुलही नै फर्कीएका छन्
पर्साको जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगन्जका रामबाबु मिश्राकी छोरीसँग तय भएको थियो । जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन मानेनन् । लगत्तै परम्परा नमानेको भन्बेदै हुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो ।मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ ।
यद्यपी‚ बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुर्व्यवहार गरेका थिए । विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो । कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रालगायत चार जना घाइते समेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।यसैबीच भित्री कारण भने दाइजो भएको पाइएको छ । केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमा समेत विवाद भएको बुझिएको छ ।
कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार जति मात्रै मोटरसाइकलका लागि दिएपछि केटा पक्ष असन्तुष्ट थिए । पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले भने दुबै पक्षमा देखिएको विवाद मिलाएर पठाएको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।