काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा साँसद हरीशरण लामिछानेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
भक्तपुर क्षेत्र २ प्रदेश ख का सांसद लामिछाने राजधानीको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ । हिजो दिउसो एक्कासी लामिछानेको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको थियो । लामिछानेलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओली आज दिउसो अस्पताल पुगेर लामिछानेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देश्ान दिनुभएको छ । साँसद लामिछानेको स्वास्थ्य लाभको कामना गर्न उर्जा‚जलस्रोत तथा सिंचाइ म्ान्त्री बर्षमान पुन पनि प्रधानमन्त्रीसंग अस्पताल पुग्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।