काठमाडो । फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् ।
उनको यो संगितले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने छ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ ।
भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको विचार गर्दै लेखेको हुँ ।
यस भिडियोको निर्देशन मायामिको The CitadelleLaferriére ( हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको छोटो उपस्थिति देख्न सकिन्छ ।
यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ ।
यसमा रहेका शब्दहरुले विविधताको प्रसंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो ।
विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफुलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु हो । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ ।
र यस अन्तर्गत कोकाकोला विभिन्न कलाकारहरु संग गाँसिदै थुप्रै रमाइला र मनोरञ्जनात्मक सांगीतिक यात्रा तय गर्दै आएको छ ।
जेसन डेरुलोले भने , “कोकाकोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरालागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभव हो । यसको लागि म्युजिक ट्रयाक दिंदा मैले आफुलाई निकै सम्मानित महशुस गरेको छु ।
गीतमा भने जस्तै ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ । हामी दैनिक नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिबर्तन ल्याउन एकजुट भएर प्रयास गर्न बढी महत्त्वपूर्ण छ ।’
[youtube https://www.youtube.com/watch?v=p6E9R9qv1No]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।