काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुले गैरकानुनी कार्य गरि कमाउ धन्दामा लागेको आरोप लागिरहेको बेला संस्था प्रयोग गरि सो संस्थाका हामिकहरु समेत गैरकानुनी कार्य गरि कमाउ धन्दामा लागेको गुनासोहरु आउन थालेको छ ।
सहकारीका प्रमुखहरुले जग्गा आफ्नो नाममा पास गर्न लगाउने‚ सोही जग्गा गैरकानुनी तवरले धितो जवानी राखि ऋण उपलब्ध गराउने‚ सकेसम्म धेरै सावा व्याज ऋणीलाई तिराएर आफ्नो नाममा रहेको जग्गा विक्रि गरि बाकि रहेको सावा व्याज तिरिदिने र बाकी रकम नाफाको रुपमा राख्ने गरेको एउटा उदाहरण सार्वजनीक भएको छ ।
ललितपुरको कुमारीपाटीमा केन्द्रिय कार्यालय रहेको स्टार बचत तथा सहकारी संस्था लिमिटेको भक्तपुर सल्लाघारी शखाका प्रमुख सुरेश राईले धितो जावनी दिएको जग्गा विक्रि बारे विवाद उत्पन्न बढेपछि सहकारी संस्थामा हुने गरेको अनियमितता उदाहरणको रुपमा सार्वजनीक भएको छ । मालपोतमा रोक्का नै नगरि धितो राखिएको ५ आना जग्गा विक्रि गरि ऋण चुक्ता गरेको सुचना पाएपछि स्वयं ऋणी समेत अचम्ममा परेका छन् ।
सहकारीको हाकिम सुरेश राईको नाममा रहेको ५ आना जग्गा धितो राखि स्टार बचत तथा ऋण सहकारी संस्था भक्तपुर शाखा बाट घरजग्गा कर्जा बापत ३५ लाख ऋण लिएका बनेपाका राजकुमार प्रजापतिले आफ्नो ऋणको हर्जना बापत सहकारीले लिएको ३ लाख ३२ हजार ७ सय २४ रुपैया पनि सहकारीले उपलब्ध गराएको ऋणचुक्ता विवरणमा नदेखाएको भनि गुनासो गरेका छन् ।
साथै उहाले सहकारीका हाकिमले १३ लाख २५ हजारमा जग्गा विक्रि गरेको राजस्व तिरी यो भन्दा चौगुणा महङ्गोमा जग्गा विक्रि गरेको आरोप पनि लगाएका छन् ।
विवादको घटना विवरण अनुसार बनेपा निवासि प्रजापतिले भक्तपुरको दुवाकोटमा रहेको लक्ष्मी घिमिरेको नाममा रहेको ५ आना क्षत्रफलको जग्गा ४५ लाख रुपैयामा किन्ने भन्दै २०७३ फागुनमा बैना दिएका थिए ।
सो जग्गा तोकिएको मितिमा खरिद गर्न नसकेपछि प्रजापति सहकारीमा ऋण खोज्न गए । सहकारीका हामिक राईले सो जग्गा आफ्नो नाममा पास गर्ने र सोहि जग्गा धितो राखेर ३५ लाख ऋण दिने बताए । त्यसमा प्रजापति मञ्जुर भए ।
सहकारीका राईको नाममा जग्गा पास गरिसकेपछि २०७४ जेठ १२ गते सोहि जग्गा धितो राख्ने गरि सहकारीले प्रजापतिको नाममा ३५ लाख रुपैया ऋण दिएको कागज गरायो । तिन महिना भित्र ऋणको सावा व्याज तिर्ने र जग्गा फिर्ता लिने मौखिक सहमतिमा ऋण लिएका प्रजापतिले तोकिएको समयमा ऋण चुक्ता गर्न सकेनन् । तीन महिना भित्र प्रजातपतिले सावा व्याज वापत २ लाख २५ हजार तिरेको बताएका छन् ।
तोकिएको समयमा ऋण चुक्ता गर्न नसकेपछि सोसहकारीले प्रजातिलाई ऋण चुक्ता गर्ने बारे पत्र पठायो । २०७४ फागुनमा पत्र प्राप्त गरेपछि प्रजापति ऋणतिर्ने म्याद थप गर्न फागुन १६ गते मुख्य कार्यालयमा निवेदन दिए । मुख्य कार्यालयले एक हप्ता भित्र ५ लाख रुपैया बुझाउने सर्तमा एक महिनाको म्याद दियो । प्रजापतिले यो अवधिमा सावा व्याज गरि ७ लाख रुपैया बुझाए ।
‘चैत्र ३० गते सम्म सबै सावा व्याज तिरेर जग्गा आफ्नो नाममा पास गर्ने कुरा थियो सहकारीका हाकिमले चैत्र २९ गते नै जग्गा विक्रि गरेर मेरो सबै ऋण चुक्ता भएको बताए’ प्रजापतिले नेपाल समाचारपत्रसंग भने– जग्गा मलाई नदिने भएपछि मैले सहकारीमा तिरेको ९ लाख २५ हजार र बैना बापत दिएको ५ लाख रुपैया फिर्ता माग्दा तैले सकेको गर दिन्न भनेर हाकिमले पठाए ।
यस विषयमा जिज्ञासा राख्न नेपाल समाचारपत्रले उक्त सहकारीका सल्लाघारी शाखाका प्रमुख राईलाई मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । नेपाल समाचारपत्रको सम्पर्कमा आएका स्टार बचत तथा सहकारी संस्था लिमिटेडका ऋण अधिकृत निराजन केसिले भने– यो हामिले शत प्रतिशत जोखिममा ऋण लगानी गरेका थियौं ।
यो ऋणको लागि धितो राखिएको जग्गा मालपोतमा रोक्का समेत गरिएको थिएन । ऋण अधिकृत केसिले ऋणीबाट हर्जना बापत लिइएको ३ लाख ३२ हजर ७ सय २४ रुपैया ऋण चुक्रा भएको स्टेमेन्टमा नदेखिने पनि बताएका छन् । सहकारीले प्रजापतिलाई पठाएको कर्जा चुक्ता भएको पत्रमा सावा ३५ लाख व्याज ५ लाख ८० हजार ८९ र हर्जना ३ लाख ३२ हजार ७ सय २४ गरी जम्मा ४४ लाख १२ हजार ८ सय १३ रुपैया चुक्ता गरिएको उल्लेख छ ।
आफु ठगिएको गुनासो गर्दा विभिन्न ठाउबाट पहिला नेपाल बचत तथा केन्द्रिय सहकारी संघ‚ जिल्ला सहकारी संघ लगाएतका निकायहरुमाा उजुरी दिई छानविन गर्न र चिक्त नबुझे प्रहरी र अदालतमा उजुरी गर्न सुझाव दिएको प्रजापतिले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।