काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने भएपछी दुवै दलका जनवर्गिय संगठन खारेज भएका छन् ।
तीन महिना भित्र जनवर्गीय संगठनबीच पनि एकीकरण गर्ने घोषणा गर्दै विहिबार दुवै पार्टीले आफ्ना संगठन खारेज गरेका हुन् ।
पार्टी घोषणा संघारमा दुवै दलका अध्यक्षसहित बालुवाटारमा बसेको सामुहिक बैठकले जनवर्गीय संगठन खारेज गरेको हो । दुवै दलका जनवर्गीय संगठनको अधिवेशन लामो समयदेखि भएको थिएन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।