काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुले गैरकानुनी कार्य गरि कमाउ धन्दामा लागेको आरोप लागिरहेको बेला ललितपुरको कुमारीपाटीमा केन्द्रिय कार्यालय रहेको भक्तपुरको सल्लाघारी शाखाको हामिकले जग्गा आफ्नो नाममा पास गरि ऋण अरुलाई बोकाएको र ऋण चुक्ता भएपछि पनि जग्गा फिर्ता नदिएको भन्दै एक सेवाग्राहीले सहकारी विभाग बानेश्वरमा उजुरी गरेका छन् ।
स्टार बचत तथा सहकारी संस्था लिमिटेको भक्तपुर सल्लाघारी शखाका प्रमुख सुरेश राईले धितो जावनी दिएको जग्गा विक्रि बारे विवाद उत्पन्न बढेपछि आफु पिडित भएको भन्दै ती सेवाग्राहीले बैकङ्क कसुरमा समेत उजुरी दिने तयारी गरेका छन् ।
बनेपाका राजुकमार प्रजापतिले राईको नाममा रहेको ५ आना जग्गा धितो राखि स्टार बचत तथा ऋण सहकारी संस्था भक्तपुर शाखा बाट घरजग्गा कर्जा बापत ३५ लाख ऋण लिएका बनेपाका राजकुमार प्रजापतिले भक्तपुरको दुवाकोटमा रहेको लक्ष्मी घिमिरेको नाममा रहेको ५ आना क्षत्रफलको जग्गा ४५ लाख रुपैयामा किन्ने भन्दै २०७३ फागुनमा बैना दिएका थिए ।
तोकिएको समयमा सो जग्गा खरिद गर्न पैशा नपुग भएपछि प्रजापतिलेसहकारी बाट ऋण ३५ लाख ऋण निकालि सो संस्थाका हामिक राईको नाममा जग्गा खरिद गरिदिएका थिए । सबै ऋण चुक्ता भएपछि जग्गा फिर्ता गर्ने सर्त अनुसार काम गरेका प्रजापतिले जग्ग फिर्ता नपाएपछि उजुरी गरेको बताएका छन् ।
आफुसंग ऋणको हर्जना बापत सहकारीले लिएको ३ लाख ३२ हजार ७ सय २४ रुपैया पनि सहकारीले उपलब्ध गराएको ऋणचुक्ता विवरणमा नदेखाएको भनि प्रजापतिले गुनासो गरेका छन् । प्रजापतिले लिएको ऋणको लागि धितो राखिएको जग्गा मालपोतमा रोक्का समेत नगरिएको ऋण अधिकृत निराजन केसिले बताएका छन् ।
ऋण अधिकृत केसिले ऋणीबाट हर्जना बापत लिइएको ३ लाख ३२ हजर ७ सय २४ रुपैया ऋण चुक्रा भएको स्टेमेन्टमा नदेखिने पनि बताएका छन् । सहकारीले प्रजापतिलाई पठाएको कर्जा चुक्ता भएको पत्रमा सावा ३५ लाख व्याज ५ लाख ८० हजार ८९ र हर्जना ३ लाख ३२ हजार ७ सय २४ गरी जम्मा ४४ लाख १२ हजार ८ सय १३ रुपैया चुक्ता गरिएको उल्लेख छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।