भद्रपुर । अवैध रुपमा सामान ओसार पसार गरेको आरोपमा प्रहरीले भारतीय चार जना नागरिकलाइ नियन्त्रणमा लिएको छ भने १ लाख ८५ हजार मूल्य बराबरको विभिन्न प्रकारका सामग्री समेत बरामद गरेको छ ।
झापाको दक्षिणी क्षेत्रमा रहेको सीमा प्रहरी चौकी कचनकबलबाट खटिएको टोलीले मंगलबार दिउँसो केचना नाकाबाट उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अजिबुल हक,सदिक अलि,मजीरुल हक र सनहुल हक रहेको प्रहरीले जनाएको छ ।
भारतबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको अवस्थामा ९० किलो खुल्ला चिया रङ, ५ वटा ग्याँस चुलो, ८७ थान सटिङ सुटिङको कपडा र नम्बर नखुलेको एउटा भारतीय होण्डा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका इन्सपेक्टर देवीप्रसाद पौडेलले जानकारी दिए ।
बरामद गरिएको सामग्रीमा चियाको पन्ध्र हजार,कपडाको एक लाख,ग्याँस चुलोको दश हजार र मोटरसाइकलको ६० हजार मूल्याङ्कन राखिएको इन्सपेक्टर पौडेलले बताए । सामानसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले उनले जनाए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।