विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । उक्त शिविरवाट १ हजार १ सय बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७ जनाको सामान्य चेकजाँच,२५७ जनाको दाँतसम्बन्धी उपचार, १३९ जनाको स्त्रीरोग तथा महिलाको पाठेघरसम्बन्धी समस्याको उपचार गरिएको छ ।
सामाजिक विकास तथा सचेतना समाज स्वदेशको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग र प्रदेश सातको सामाजिक विकास मन्त्रालय, शिवनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा पाठेघर खसेका महिलाहरुको चेकजाँच, दन्तसेवा, नाककान घाटी सेवा, जनरल फिजिसियन सेवा लगायतका सेवाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि उक्त शिविर दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा पनि सञ्चालन गरिएको थियो । यसपश्चात पञ्चेश्वरमा उक्त शिविर सञ्चालन हुने बताईएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।