विनोद सिंह विष्ट, बैतडी ।
सरकारले बारम्बार गरेको पेट्रोलियम पदार्थमा मुल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसंघ) बैतडीले जिल्ला प्रसासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघ बैतडीका कार्यवाहक अध्यक्ष कपिल केसीसहितको टोलीले आज सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
जनताको ढाड सेक्ने गरी सरकारले पेट्रोलियम पदार्थमा चरणबद्ध रुपमा मुल्यबृद्धि गरेको भन्दै मुल्यबृद्धि तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । जनताको अपेक्षाअनुसारको काम गर्न छाडेर वाम सरकारले १ सयदिनमै पाँचपटक मुल्यबृद्धि गरेको भन्दै शान्ति,सुशासन र सम्बृद्धिको मा छोडेर जनविरोधी काम गरिरहेको गरिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
चरणबद्ध रुपमा सरकाले गरेको मुल्यबृद्धिले समग्र क्षेत्रमा प्रभाव पारेकोले पेट्रोलियम पदार्थमा भएको कालेबजारी तत्काल रोक्न नेविसंघ बैतडीका कार्यवाहक अध्यक्ष कपिल केसीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । सरकारले कालाबजारी, माफियाकरण नियन्त्रण गरी मुल्यबुद्धि तत्काल फिर्ता नगरे थप आन्दोलन गर्ने समेत चेतावनी नेविसंघले दिएको छ ।
बारम्बार मुल्य बृद्धि हुदा नेपाली जनता र बिद्यार्थी मारमा परेको नेविसंघ बैतडीका कार्यवहाक अध्यक्ष कपिल केसीको भनाई रहेको छ । वर्तमान सरकारले नेपाली जनताका अगाडी भ्रमको खेती गरेर चुनाव जितेको तर जनतालाई गरेका बाचाहरु भुलेको आरोप समेत लगाईएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।