काठमाडौं । पहिलो पटक भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’मा काम गरेका अभिनेता सविन श्रेष्ठले दोस्रो फिल्मको लागि पनि साइन् गरेका छन् । सविनको पहिलो भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’ रिलिज हुन बाँकी नै छ ।
अभिनेता सविनले अभिनय गरेका सो भोजपुरी फिल्ममा नेगेटिभ भुमिका निभाएका छन् । युट्युवमा रिलिज गरिएको सो फिल्मको ट्रेलरमा उनलाई भिलेनको भुमिकामा फिट देखिएका छन् । पहिलो फिल्ममा नै भोजपुरी मेघा स्टार निरहुवासँग काम गरेका छन् । त्यस्तै सविनले अब दोश्रो भोजपुरी फिल्ममा काम गर्ने पक्का भएको छ ।
समाचारमा आएअनुसारचाडै फ्लोरमा जाने फिल्म ‘नमस्ते लण्डन’मा सविन अनुबन्ध भएका हुन् । यो फिल्मको शनिबार मात्रै मुम्बइमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको थियो । फिल्ममा ‘निरहुवा चलल लण्डन’कै निर्माता र निर्देशक दोहोरिएका छन् । सोनु खत्रीले निर्माण गर्नेछन् ।
सविन आवद्ध भएका दुबै प्रोजेक्टलाई नेपाली निर्देशक चन्द्र पन्तले एक्सन कट गर्दैछन् । अभिनेता सविनका अनुसार फिल्म एक्शन लभस्टोरी जनरामा बन्न लागेको छ । फिल्म ‘नमस्ते लण्डन’मा सविनसँगै भोजपुरी स्टार प्रदिप पाण्डे, क्रिटिना, सोनालिका प्रसाद, अमित शुक्ला, देव सिंह मुख्य भुमिकामा रहनेछन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।