राजबिन थापा,टोकियो ।
नेपाली राजनितिमा बैकल्पिक शक्तिको नेतृत्व गर्ने लक्ष्य सहित स्थापना भएको नयॉ शक्ति नेपालको जापान स्थित भातृ संगठन अन्तराष्ट्रीय नेपाली समाज जापानले पार्टिको दोस्रो स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।
प्रवासमा रहेका करिब ५० लाख नेपालीहरुको नेपालमा नोट चल्ने तर भोट नचल्ले भन्दै समाजले बुधबार जापानको टोकियोमा “प्रवासि नेपालीहरुलाई मताधिकार कार्यान्वन सम्भावना र चुनौतिहरु ” विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा जापानमा रहेका राजनैतिक दलहरुका प्रतिनिधिहरु, एनआरएन जापानका पदाधिकारीहरु, जापानमा क्रियासिल बिभिन्न सघं सस्थाका अध्यक्षमा तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक़्तहरुले विषय महत्वपूर्ण भएपनि यसलाइ कार्यवन्नमा ल्याउन त्यति सजिलो नहुने कुरामा जोडदिएको थिए ।
स्थापना दिवसको अवशरमा आयोजित अन्तरक्रिया कार्यक्रममा ूस्थपना दिवशू लेखिएको केक काटेर अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्नाले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
बैकल्पिक शक्ति विना देशमा राजनैतिक निकास र देशको आर्थिक बिकास हुन नसक्ने भन्दै तत्कालीन माओवादिबाट राजिनाम दिएका नेता तथा पुर्व प्रधानमंत्री डा बाबुराम भट्टाराईले नयॉ शक्ति नेपाल पार्टिको स्थापना गर्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।