इलाम (नेस) । पश्चिमी इलामको देउमाई नगरपालिकामा शुक्रबार बिहान बाबुले आफ्नै छोराको हत्या प्रयास गरेका छन् । घरायसी बिवादका क्रममा देउमाई नगरपालिका ९ का ६५ बर्षिय यमबहादुर लिम्बूले ४४ बर्षिय आफ्नै छोरा टेकबहादुर लिम्बूको हत्या प्रयास गरेका हुन् ।
यमबहादुरले छोरालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।
उनले प्रहार गरेको खुकुरी छोरा टेकबहादुरको बाँया कोखामा लागेको थियो । खुकुरी प्रहारपछि गम्भिर घाईते भएका टेकबहादुरलाई उपचारका लागि झापाको बिर्तामोडतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनामा संलग्न यमबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरी प्रमुख एसपी माधव प्रसाद श्रेष्ठले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।