गुल्मी, (नेस)
गुल्मीमा ‘टोलटोलमा प्रहरी अभियान’ सुरु गरिएको छ । समाजमा प्रहरी भनेका हाम्रो सुरक्षाका लागि खटिने सुरक्षाकर्मी हुन भन्ने भावना र सम्बन्धको विकास गरर्न गुल्मीमा टोलटोलमा प्रहरी अभियान सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रवार सदरमुकाम तम्घासमा आयोजना गरेको एक कार्यक्रमका बिच जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै अधिकारी शर्माले कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए । उनले टोलटोलमा प्रहरी कार्यक्रमले समुदायमा प्रत्यक्ष जनसहभागितामा पारदर्शी काम गर्न सक्छ भन्ने अभिप्रायले यो कार्यक्रम प्रभावकारी हुनेमा बिश्वास ब्यक्त गरे ।
समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नुका साथै आफ्नो सेवा जनता माझ कसरी प्रभावकारी रुपमा पु¥याउन सकिन्छ भनेर टोलटोलमा प्रहरी कार्यक्रमले सहायता दिने प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग द्धिबेदीले बताए । उनले टोलटोलमा पुगेर जनतासँग शान्तिसुरक्षा,लागु औषध,ट्राफिक जनचेतना,महलिा हिंसा,दुरघटना न्यूनिकरण जस्ता कार्यक्रमहरु समाबेश गरेर जनतामा शान्ति सुरक्षाको बिश्वशनियता दिलाउनु रहेकोे बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।