नेपाल समाचारपत्र, काभ्रे
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रमजीवि पत्रकारहरुको पारिश्रमिकका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने बताएका छन् । ‘एक पक्षले मात्रै ऐनको कार्यान्वयन गर्दैमा पत्रकारहरुको पारिश्रमिक प्राप्ती हुँदैन’ –मन्त्री बास्कोटाले भने ।
न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजनामा श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन समस्या र समाधानका उपायहरु विषयक प्रदेश स्तरीय अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले सबै संचारमाध्यमको विकासका लागि बनाएका योजनाहरु कार्यान्वयन गर्दै लैजाने बताए । ऐन कार्यान्वयन कस्ता मिडियाबाट शुरु गर्ने ? न्युनतम पारिश्रमिक निर्धारण समितिले तलब मात्रै सिफारिस गरेर बस्ने कि ? अधिकार सम्पन्न बनाउने ? प्रेस काउन्सिलको भूमिका कति बनाउने ? सबै क्षेत्रलाई हेर्ने छुट्टै निकाय बनाउने कि ? छलफलबाट टुङ्गयाउने मन्त्री बास्कोटाले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले देशभर रहेका संचारमाध्यमहरुमा भएको समस्याका बारेमा पत्रकार र मिडिया जिम्मेवार भएको बताए । पत्रकारहरुलाई काम मात्रै गर्न पाए हुने र नियुक्तिका विषयमा प्रश्न समेत नगर्ने भएपछि मिडिया संचालकहरुले पत्रकारहरुको श्रमको विषयमा आफ्नै निर्णय गर्न सक्ने भएको बताए । समितिले निर्धारण गरेको पारिश्रमीक पत्रकारहरुले ब्यवहारमा नपाएको भन्दै पत्रकारहरु नै आफै त्यसका लागि तयारी हुनु पर्ने बताउँदै आचार्यले श्रमजीवि पत्रकारहरुको पक्षमा महासंघ रहेको बताए ।
संचार माध्यमहरुमा पत्रकार महासंघको शाखासँगै ट्रेड युनियन खोलेर श्रम र अधिकारका बारेमा आवाज उठाउनु पर्ने आचार्यले बताए ।
न्युनतम पारिश्रमीक निर्धारण समितिका पुर्व अध्यक्ष डा. सुरेश आचार्यले विगतमा भएको ऐनहरुको कार्यान्वयनमा समस्या भएको बताए । पत्रकारहरु जति पैसा भए पनि काम गर्न जाने र वर्षाै वितिसक्दा समेत तलब नलिई काम गर्ने समस्या पुरानो भएको बताउँदै आचार्यले पत्रकार र संचार माध्यम दुबैका कारण ऐन कार्यान्वयनमा समस्या भएको बताए ।
समितिका अध्यक्ष गंगाधर पराजुलीले समितिले सबै संचारमाध्यमहरुमा श्रमजीवि ऐन कार्यान्वयनका लागि खवरदारी गरेको र उजुरी परेका पत्रकारहरुको पक्षमा वकालत गरिरहेको बताए । समस्यै समस्याका बाबजुत पनि समितिले पछिल्लो समय ३० वटा जिल्लामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरी ऐन र पारिश्रमीकमा भएका समस्या र समाधानका विषयमा जानकारी गराएको अध्यक्ष पराजुलीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको संयोजन रहेको थियो । जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, प्रदेश सचिव सुरेश हुमागाईले साना साना अखवारहरुमा श्रमजीवि ऐन कार्यान्वयनमा समस्या भएको बताए ।
सूचनाको हक सम्बन्धी बुझाइ नयाँ चरणमा
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको सूचनाको हक संरक्षण, प्रर्वद्धन र प्रचलन सम्वन्धी गोष्ठीमा बोल्दै राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक सम्वन्धी कानुनको बुझाइ नयाँ चरणमा प्रवेश गरेको बताईन् ।
हिजो जस्तो सूचनाको हकका बारेमा भएका अभ्यास र बुझाई फरक हुँदै गएको आयुक्त तिम्सिनाले बताउँदै सरकारी तथा गैरसरकारी निकायले सूचना लुकाउँदा उनिहरुलाई नै समस्या पर्ने जानकारी गराईन् । नागरिकहरुले सूचना प्राप्तिका लागि निवेदन नै राख्नुपर्ने अवस्थाको अन्त्य गर्न सूचनाको हक सम्वन्धी कानून कार्यान्वयन गर्नुको विकल्प नभएको बताईन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।