माधव अधिकारी ।
कावासोती । रेडियो र टेलिभिजनमा बुढो बा र सम्धी बा को रुपमा प्रस्तुत हुदै आएका नवलपरासीका नवराज अधिकारी पछिल्लो समय भने स्टेज कार्यक्रमहरुमा मित्रे बा को रुपमा चिनिन थालेका छन् । उनले कावासोती छिरेका कुनैपनि कलाकार र नेताहरुलाई व्यंग्य गर्न बाँकी छाड्दैनन् ।
देशमा हास्यव्यंग्यका क्षेत्रमा आफ्नो भविष्य निर्माणको सपना देख्ने युवाहरु प्रशस्तै छन् । त्यहि भिडबिच हास्यव्यंग्यका क्षेत्रमा आफनो सपना साकार बनाउन लागिपरेका अधिकारी पनि एक हुन । १० बर्ष अगाडिदेखि सानोसानो कार्यक्रममा आफ्नो प्रस्तुती दिदै आएका अधिकारी पछिल्लो समय भने स्टेज प्रोग्राममा पनि निक्कै व्यस्त देखिन थालेका छन् । नवलपरासीका प्राय स्टेज कार्यक्रमहरु मा उनको प्रस्तुती देख्न पाइन्छ ।
विगत ५ बर्षदेखि अधिकारीले रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्ज र देवचुली टेलिभजनबाट तपाइको प्रतिभा हाम्रो प्रोत्साहन नामक कार्यक्रमबाट बुढो बा रुपमा देखिदै आएका छन् । हाल देवचुली टेलिभिजनकै कार्यक्रम तिरीमिरी झ्याईमा उनको प्रस्तुती देख्न पाइन्छ । विभिन्न कार्यक्रमका लागि कावासोती छिरेका कालाकार हरुलाइ उनले आफ्नो सो मा बोलाएर व्यङ्ग्य गर्न थालिहाल्छन् ।
उनले विभिन्न कलाकार र राजनितिज्ञहरुको गरेर करिब करिब ३० जनाको अभिनय गर्न सक्छन् । चिनिन र ठाउ पाउन धेरै गारो छ, उनी भन्छन् “पैसाको लागि भन्दा पनि पहिचानको लागि दौडिराछु ।”