टंक सुनार
रुपन्देही, बैसाख १० । रुपन्देहीमा युवाहरु विच झडप हुँदा २ जना घाइते भएका छन । रुपन्देहीको देवदह नगरापालिका–१० भलुहीमा गएराति दुई समुह बिच झडप भएको हो । झडपमा परी देवदह–१० का उदय गाहा र सुरेश परीयार घाइते भएका छन ।
उदय गाहा टाउकोमा चोट लागेको र सुरेश परीयाको दात झरेको प्रहरीले जानकारी दिएको छ । उनिहरु दुबै जनाको बुटवलमा उपचार भइरहेको छ । घटनामा संङ्लग्न भएको आरोपमा अमन मल्ल, पदम बहादुर राना, सागर परीयार, सुदेश बिकलाई ,रमेश बिक र टिकाराम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल ठाइएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो । झडपको कारण खुल्न सकेको छैन ।