काठमाडौं । नेपाली साकिराको उपनामले परिचित गायिका हुन इन्द्रिरा जोशी । सिङगिङ रियालिटी शो नेपाल आइडलको जर्ज समेत बनेर अझ चर्चामा आएकी थिइन उनी । मिठो स्वर र आकर्षक लुक्सका कारण धेरै दर्शक श्रोताको मनमा बस्न सफल छिन् इन्दिरा ।
उनको आवजमा रहेको गीत रेलीमाई यतिबेला चर्चामा छ । इन्दिरा जोशी र गायक आर्जन पाण्डेको आवाजमा समावेश ‘रेलीमाई’ बोलको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।
प्रतिक पौडेलको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा पनि इन्दिरा र आर्जन नै देखा परेका छन् । यसै गीत, भिडियो तथा इन्दिरा र आर्जनको सांगीतिक जीवनको बारेमा हामीले फन टकमा कुराकानी गरेका छौ । हेर्नुस् उनीसँग गरिएको फन टक..
[youtube https://www.youtube.com/watch?v=as-67ke84NU]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।