संखुवासभा, (नेस)
मकालु गाउँपालिका–५ दोभान स्थित अरुण तेस्रो जलबिधुत आयोजनाको ड्याम साईडको सुरुङ मार्ग खन्ने क्रममा पहिरो झरेर पुरिदा ४ जना कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा कालिकोट सिउना गाउँपालिका–४ घर भएका ३२ वर्षीय प्रदिप शाही ,जुम्ला चन्द्रनाथ नगरपालिका–१ घर भएका ४४ वर्षीय प्रेम परियार, भारत झारखण्ड घर भएका ५५ वर्षीय बुधन मुण्डा र बिहार घर भएका ४५ वर्षीय नन्द किशोर रहेका छन् । शाही र परियार लेवर काम गर्ने तथा मुण्डा अपरेटर र किसोर ईलेक्ट्रोनिक मिस्त्री थिए ।
प्रहरीले उक्त स्थानमा स्काईभेटरले पहिरो पन्छाउने कार्य गर्नुको साथै उद्धार कार्य गरिरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।