अर्जुन बोहरा, सिमकोट
हुम्लाको लागि उडान भर्दै आईरहेको हवाई सेवाको भाडा घटाउन माग गर्दै शनिबार विहान ७ बजे सिमकोट विमानस्थल २ घण्टा बन्द गरिएको छ।
सकारले दुर्गम क्षेत्रमा उडान हुने निजी कम्पनीका जहाज र सरकारी जहाजको हवाई भाडा वृद्धि गरेको भन्दै भाडा घटाउनको लागि हुम्लीबाासिन्दाहरुले चरणबद्ध आन्दोलन गर्दै आईरहेका छन । संस्कृति पर्यटन तथा नगरिक मन्त्रालयले गत वैशाख २६ गतेमा क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय विरुद्ध आन्दोलित भएका छन ।
हवाई भाडा घटाउनको लागि ज्ञापनपत्र सहित पकट पटक माग गर्दा पनि सरकार वेवास्ता गरेको भन्दै आफुहरुले आन्दोलन गर्न बाध्य भएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताउनु भयो । चरण बद्ध रुपमा हुम्ली बासीहरुले हवाई भाडा घटाउनुपर्ने माग राख्दा केन्द्र र प्रदेश सरकारले नसुनेको भन्दै आज शनिबार सिमकोट विमान स्थल बन्द गर्ने बाध्य भएका हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ बताए ।
हुम्लीले पाउने सहुलियत उडान भाडा पनि कटौती गरेको र हवाई जहाजमा चर्को रुपमा भाडा तिरेर आवतजावत गर्न बाध्य बनाएको छ । उता दैनिक उपभोग्य वस्तुका साथै विकास निर्माणका सामाग्रीको ढुवानी समयमै उडान नभरेको दोष लगााएको छ ।
नेपालकै एकमात्र जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जाल जोडिएको छैन । यातयातको नाममा मात्र एउटै विकल्लप हवाई सेवा संचालनमा छ । हवाई भाडादर लाई चार्टर उडानको नाममा यात्रुबाट चर्को भाडा असुल्दै आईरहेको नागरिक समाज हुम्लाका अध्यक्ष गणेश महतले आरोप लगाउनु भयो ।
उता स्थानीय निकायाका पदाधिकारी, उद्योग बाणिज्य, नागरिक समाज संचारकर्मि र हुम्ली बासीन्दा समेतले भाडा घटाउन शान्तिपुर्ण माग गरेको नागरिक अगुवा बसन्त रोकायाले बताए । यदि हाम्रो माग सरकारको सुनुवाई गरेन भने ७ वटै स्थानीय तहका पदाधिकारी पनि आन्दोलनमा उत्रिने सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले सरकार प्रति चेतवानी दिनु भयो ।
सिमकोट नेपालगञ्ज तथा नेपालगञ्ज सिमकोटको लागि ७ हजार १ सय ९० भाडा दर कायम गरेको निर्णय सरकारले गरेपनि हुम्ली जनता प्रति सहज रुपमा टिकट नपाउने अबस्था सरकारले सिर्जना गरेको बताए ।
सरकारले नेपालगञ्जदेखि सिमकोट सिमकोट देखि नेपालगञ्जको मात्रै भाडा निधारर्ण धारण गरेका छ । केहि दिन देखि हुम्ला उद्योग वाणिज्य संघको अगुवाईमा चरण बद्ध आन्दोलन गर्दे आईरहेका छन । जसमा आजको बन्दमा नागरिक समाज हुम्ला, नेपाल पत्रकार महासंघ हुम्ला, निर्माण व्यवसायी हुम्ला, होटेल व्यवसायी हुम्ला जिल्ला स्थित सम्पुर्ण राजनीतिक दलहरु र स्थानीय निकाया समेतको सहभागिता रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।