धादिङ, (नेस)
बहुअपांगता भएकी महिला बलात्कार गर्ने नीलकण्ठ नगरपालिका–१२ का ३५ वर्षीय बही घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बौद्धिक अपाङ्ता, बहिरा र शारीरिक अपाङ्गता भएकी महिलालाई आरोपित घलेले परिवारका सदस्य नभएको बेलामा शुक्रबार दिउँसो घरमा गएर बलात्कार गरेको पीडित परिवारको तर्फबाट प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
घटनापछि गाउँबासीको सहयोगमा पीडितको उद्धार गरि शुक्रबार जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा अबस्था गम्भीर भएकोले शनिबार थप उपचारका लागि थापाथली स्थित प्रशुती गृहमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले बताए । पीडित महिलाको यौनअंगबाट धेरै रगत बगेपछि जिल्ला अस्पतालमा रगत दिइएको थियो । घाउ भएको स्थानमा टाँका लगाइएको र अबस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीत घलेलाई प्रहरीले पक्राउगरि हिरासतमा लिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।