विराटनगर, (नेस)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने वताउनु भएको छ ।
नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आइतबार गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक संघीयतामा गइसकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्थाले सम्पूर्ण शक्ति केन्द्रिकृत हुने भएकाले निरंकुशता कायम हुने वताउनुभयो ।
नेता केसीले नेपालको संविधान सम्झौताको दस्तावेज भएको वताउदै राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रीत हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धतिमा लोकतान्त्रिक समावेशी हुने र यो नै नेपालको लागि उपयुक्त हुने दावी गर्नुभयो । कार्यकारी राष्ट्रपति प्रणाली विषयमा नेपाल कम्युनिष्ट पार्टिका शीर्ष नेताले कुरा उठाए पनि त्यो कार्यान्वय हुने कुरा असम्ंभव रहेको उहाँले वताउनुभयो ।
उहाँले पाचवर्ष पछि नेपाली कांग्रेसलाई सवैभन्दा ठूलो पार्टी वनाउनेगरी कांग्रेसले सशक्त भएर प्रतिपक्षको भूमिका निर्वाहगर्ने वताउनुभयो ।
उहाँले सरकारको कामको मूल्याँकन, निरीक्षण र परीक्षण गरेर राम्रा काममा सहयोगगर्ने वताउनुभयो । काग्रेसलाई सुदृढिकरण र संगठित वनाउन पार्टी नेतृत्व तह जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले नेपाली कांग्रेसको विधान संघीय स्वरुपमा शंशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढनु पर्ने वताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।