सिर्जना पन्त, बागलुङ
२०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी महाभुकम्प गयो । भुकम्पले धन सम्पत्ती र सम्पदाहरुको मात्र क्षती गरेन हजारौंको संख्यामा मानविय क्षेती पनि ग¥यो ।
भुकम्पमा परेर तत्काल ज्यान गुमाउनेहरुले त गुमाई हाले तर घाईते भएकाहरुले पनि समयमा उपचार नपाउँदा ज्यान गुमाउनु प¥यो । औषधी, डाक्टर र स्वास्थ्य संस्थासम्म पुग्ने समस्या एउटा भएपनि त्यहाँ पुगेपछि पनि घाईतेहरुले रगत नपाउँने समस्या निकै पीडादायी बन्यो ।
विनाशकारी भुकम्पको सामना गरेका नेपालको पूर्व र पश्चिमका दुई युवाहरुले भुकम्प गएको बेला नेपालीहरुले सामना गरेको जस्तो पीडा अरुले भोग्न नपोस भन्दैं एउटा अभियान सञ्चालन गरे । त्यो अभियान हो साइकल मार्फत ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने जनचेतना जगाउँदैं देश विदेशको यात्रा । भुकम्प गएका ठिक एक महिना पछि जेठ १२ गतेबाट प्रदेश नम्बर ४ पर्वत फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङका ४० वर्षीय भेषबहादुर कंडेल र प्रदेश नम्बर १ झापा कन्काईका ३१ वर्षीय युवराज मैनाली मेची महाकाली साईकल यात्रा गरे । भुकम्प गएको करिब दुई वर्षपछि २०७३ फागुन २८ गते उनिहरुले नेपालभन्दा बाहिर आफ्नो यात्रा सुरु गरेका थिए ।
उनिहरुले ३ वर्षमा भारत, श्रीलंका, माल्दिप्स, इन्डोनेसिया, जर्मन, जापन, पोल्याण्ड, अस्टे«लिया, इटाली, भियतनाम, कम्बोडिया लगाएतका ४१ देशहरुमा आफ्नो यात्रा पुरा गरिसकेका छन् । हाल उनिहरु आफ्नो यात्राको ४२ औं देश अमेरिकामा साईकल यात्रा गरिहरेका छन् ।
साईकल यात्रा सुरु गरेको झण्डै तिन वर्ष पुग्नै लाग्दा अझै २ वर्षमा १ सय ५० देश पुगेर जीवन ज्यूनको लागि रगत र रत्तदानको महत्व बुझाउने उनिहरुको लक्ष्य रहेको छ ।
साईकल चढेर मानवीय सम्वेदनाको सन्देश फैल्याउँदैं देश विदेश घुमिरहेका यी दुई युवाहरुलाई विदेश स्थितका नेपाली प्रवासी नेपाली संस्था, राजनीतिक दलका भातृ संघसंगठन, संगैं विभिन्न संस्था र व्यक्तिहरुले समेत सहयोग गरिरहेका छन् । साईकल यात्री भेषबहादुर कंडेलले एउटा मान्छेले आफ्नो रगत दिएर आफुलाई कुनै नोक्सान नभई अर्काे जीवन बचाउँन सक्छ भने रक्तदान किन नगर्ने भन्ने सन्देश प्रवाह गर्नको लागि आफुहरुले यो अभिान सञ्चालन गरेको बताउँनुहुन ।
‘भुकम्पको बेला रगत नपाएकै कारणले धेरै मानिसले ज्यान गुमाउनु प¥यो, अहिले पनि दुर्गममा त छदै छ सुगममै पनि मानिसहरुले रगत नपाएकै कारणले ज्यान गुमाउनु परेको छ कंडेलले भन्नुभयो हामीमा अझै पनि अरुलाई रगत दिंदा आफु कमजोर भईन्छ, विभिन्न रोग र संक्रमण हुन्छ भन्ने सोचाई छ, त्यस सोचलाई परिर्वतन गर्न हाम्रो अभियानले सहयोग गर्नेछ,’ ।
यो समस्या कुनै देश र भौगोलिक सीमाभित्रको मात्र नभएर विश्वव्यापी भएकाले आफ्नो ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ अभियानलाई विश्वव्यापी बनाएको अर्का साईकल यात्री युवराज मैनालीले बताउँनुभयो । यात्राको क्रममा विभिन्न समस्याहरु समेत आएको उहाँको भनाई छ । ‘भाषा नबुझेकै कारण कुनै दिन भोकै बसेका छौं, मैनालीले भन्नुभयो हङकङ र मकाउमा सञ्चार माध्यमहरुले अन्तरवार्ता लिन खोज्दा भाषा नबुझेकै कारणले समस्या भयो, दोभाषे राख्नुप¥यो’।
अमेरिका पछि उनिहरुको अर्काे गन्तव्य क्यानडा हो । केहि समय पहिलेनै क्यानडा जाने उनिहरुको योजना भएपनि चिसो भएको कारणले ढिला भएको कंडेलको भनाई छ । उनिहरु अमेरीकाबाट छिट्टै क्डानेडा जाने उनिहरुले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।