
सीताराम चौधरी, कृष्णनगर (कपिलवस्तु)
पछिल्लो समय विचौलियाले मानव तस्करीको नयाँ तरिका अपनाउन थालेका छन् । मानव बेचबिखन विरुद्ध विभिन्न संघसंस्थाहरुले सीमा क्षेत्रमा निगरानी बढाएपछि विचौलियाहरु विभिन्न तरिका अपनाई नेपाली चेलीहरुलाई भारत छिराउने गरेका हुन् । तेस्रो मुलुकमा मोटो रकम कमाउने प्रलोभन देखाई छिमेकी राष्ट्र भारत लैजाने गरेका छन् । कसैलाई विवाहको नाटक त, कसैलाई तेस्रो मुलुक पठाउने भने कसैलाई भारत घुम्न, सोपिङ गर्न जाने बहाना बनाई सीमा कटाउने विभिन्न रहस्य खुलेको छ ।
यसैक्रममा कपिलवस्तुको कृष्णनगरस्थित मानव बेचविखन विरुद्ध कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी)ले प्रहरीको सहयोगमा रसुवाका दुई किशोरीको सीमाक्षेत्रबाट उद्धार गरेको छ । सीमा निगरानीका क्रममा दुई किशोरीहरुलाई सीमा पार गर्दै गर्दा पीआरसीले सम्पर्कमा ल्याएको हो । उद्धार गरिएका किशोरीहरुमा नाम परिवर्तन २२ वर्षीय विनिता र वर्ष २४ कि सुनिता रहेका छन् । सोझै कुबेत पठाउने भनी झापा घर बताउने ललित खत्रीले किशोरीहरुलाई काठमाडौंबाट भैरहवाको प्लेनको टिकट काटी एयरपोर्टमा मान्छे लिन आउनुहुन्छ भनी पठाइदियो ।
उनीहरुलाई भैरहवामा शिवराज नगरपालिका ९, शिवगढीकी ३६ वर्षीय संगिता सेन ठकुरीले सम्पर्कमा लिई बसमा चढाई कृष्णनगर पु¥याएको किशोरीहरुको बयानबाट खुलेको छ । सीमा कटाउँदै गर्दा बजार गर्न बढनी जाँदैछौं भनी सिकाएको किशोरीहरुले बताए । तर सीमा नाकामा निगरानी गरिरहेको पीआरसी र प्रहरीको संयुक्त टोलीले संकाष्पद लागेर सोधपुछको लागि सम्पर्कमा ल्याएको हो ।
रसुवा घर भई हाल कुवेत बस्दै आएकी माया तामाङसँग किशोरीहरुको इमोमा सम्पर्क भयो । मायाले किशोरीहरुलाई बिदेश (कुवेत) आए राम्रो जागिर पाइने प्रलोभन देखाइन् । महिनाको ३०÷३२ हजार जति तलब हुने, आउने जाने खर्च बेहोर्न नपर्ने भनी किशोरीहरुलाई बताइन् । सापटी खोजेर पासपोर्ट बनाउनु, कुबेत पुगेपछि आफूले बेहोर्ने भन्ने आश्वासन दिइन् ।
किशोरीहरु मन्जुर भई पासपोर्ट बनाउने चक्करमा लागे । केही दिनपछि काठमाडौंबाट ललित खत्री भन्ने व्यक्तिले सुनितालाई फोन ग¥यो । बिदेश (कुबेत) पठाइदिने जिम्मा माया दिदीले आफूलाई दिएको भनी ललितले किशोरीलाई बतायो । उसले काठमाडौंबाट प्लेनमा उडाई सिधै माया दिदी भएको ठाउँमा पठाइदिने आश्वासन देखायो ।
पासपोर्ट बनाएर उनीहरु काठमाडौं गए । काठमाडौंको नयाँ बसपार्क पुगी ललितलाई फोन गरेपछि ललित लिन आयो । उसले नयाँ बसपार्कको आस्था होटलमा बस्ने व्यवस्था मिलाइदियो । अर्को विहान एक जना ढाकाटोपी लगाएको व्यक्ति आई हिजो फोन गरेको दाजु मै हुँ भनी आफ्नो परिचय दिई पासपोर्ट माग्यो र किशोरीहरुलाई घर जान लगायो ।
केही दिनपछि माया दिदी भन्नेले ईमोमा कल गरी तिमीहरु काठमाण्डौं जाउ भिसा आएको छ । पैसा पनि पठाइदिएको छु, भनेपछि पुनः दाई (ललित) भन्ने व्यक्तिले काठमाण्डौं बोलायो । उनीहरु काठमाडौं पुगी पुनः त्यही होटलमा दुई दिनसम्म बसेको बताउँछन् । दुईदिन बसेपछि भारतबाट एक व्यक्तिले ईमोमा कल गरी प्लेनको टिकट पठाइदिएको जानकारी दिंदै एयरपोर्ट जान भन्यो । गत जेठ ३१ गते साँझ ४ः५५ मिनेटको प्लेनमा चढेको र आधा घण्टा जतिमा प्लेनबाट झरेको किशोरीहरुको भनाई छ ।
आधा घण्टामै कुबेत पुगियो भनी आफूहरु दङ्ग गरेको किशोरीको भनाई उदृत गर्दै पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।“एयरपोर्टमा झरेपछि एक जना दाइको फोन आयो, तिमीहरु काठमाण्डौंबाट आएका हौ भनी भनी सोध्यो । हामीले हो भनेपछि त्यो व्यक्तिले हामीलाई बोलायो, त्यहाँ जाँदा एकजना दिदी पनि हुनुहुथ्यो ।” –एक किशोरीले बताइन् ।
दिदीले जीपमा चढाई एकरात आफ्नो डेरामा राखेको किशोरीले बताएको पीआरसी संयोजक भूमिराज भट्टराईले बताउनुभयो । भोलिपल्ट दिल्ली पठाउन भनी गाडीमा चढाएको उनीहरुले जनाए । नौलो ठाउँ, आफूहरु कहिल्यै नआएको ठाउँ, आफूहरुले कुनै मेसो नपाएको तर विस्तारै मनमा डर उत्पन्न भइरहेको किशोरीहरुको भनाई छ । करीब एकघण्टापछि गाडीबाट उतारी पैदल हिडाई पुनः दिल्ली जाने गाडीमा चढी बसिरहेको समयमा पीआरसीका कर्मचारीले सोधपुछ गरेपछि आफूहरु दिल्ली जाने भनेपछि उहाँहरुले हामीलाई रोक्नुभयो ।
एक किशोरीले बताइन् । पीआरसीले परामर्श दिएपछि आफूहरु बेचिन लागेको महसुस भएको उनीहरुले बताए । शान्ति पुनस्र्थापना गृह र नेपाल प्रहरीको कर्मचारीहरुको सहयोगमा आफूहरुले पुनर्जन्म पाएको उनीहरु बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।