विमल विष्ट, डोटी । डोटीमा स्थानीयबासी तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा गाजा नष्ट गरिएको छ । जिल्लाको जोरायल गाउपालिका स्थित लक्ष्मिनगर,चनकट्टे तथा सरस्वतीनगर क्षेत्रमा उम्रिएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीले बताउनु भयो ।
खेतीवारीमा उम्रीएको उक्त गाजाका पारखीहरु दिनानु दिन बढ्न थालेको अबर आएपछि प्रहरीले गाजा (भाङ) नष्ट गर्न थालेको हो । जोरायलमा गाजा जोरायल गाउपालिका शिक्षा ईकाई,ईलाका प्रहरी कार्यालय जोरायल,जगदम्बा आधारभुत बिद्यालय काफलीका शिक्षक तथा बिद्यार्थीहरुको टोलीले आज सोमबार देखी गाजा नष्ट गर्न थालेको हो ।
स्थानियबासी,बिद्यार्थी,शिक्षक तथा प्रहरीले सो गाउपालिकाको लक्ष्मिनगर,चनकट्टे तथा सरस्वतीनगर क्षेत्रमा रहेको करिब १५ रोपनी जमिनमा उम्रिएको गाजा नष्ट गरेको ईलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरिक्षक सुरज खड्काले बताउनु भयो ।
साथै सो टोलीले उक्त गाउपालिकाका अन्य क्षेत्रमा उम्रिएको गाजा पनि नष्ट गर्ने भएको छ । डोटी जिल्लामा गाजा (भाङ)को खेती नगरिने भएपनि गाजा (भाङ) खेतमा बर्षेनी आफै उम्रीने गरेको स्थानिय शिक्षक बिजयप्रकाश मल्लले बताउनु भयो । प्रहरीले डोटीमा गाजा खाने तथा बेच बिखन गर्नेलाई कडा कारवाही गर्दै आएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।