
नुवाकोट (नेस)
अखाद्य वस्तुको बिक्री वितरण र मूल्य वृद्धि रोक्न भन्दै नुवाकोटको स्थानीय प्रशासन र कोष तथा लेखा नियन्त्रक कार्यालयले संयुक्त रुपमा बजार अनुगमन सुरु गरेको छ ।
जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११, १३, ककनी गाउँपालिकाको वडा नम्बर ४ र ५ का थोक बिक्री गर्ने पसल, होलसेल र होटलहरुको बिहीबार अनुगमन गरिएको छ ।प्रशासकीय अधिकृत नन्दलाल शर्मा, नासु केशव पाण्डे, उपभोक्ता मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितको नेतृत्वमा गएको टोलीले पसलमा राखिएका सामाग्रीको मूल्यसूची, प्यान दर्ता, उपभोग मिति नाघेका खाद्य तथा पेयपदार्थहरु अनुगमन र होटलहरुको भान्सा तथा खाद्य पदार्थको अवलोकन तथा निरिक्षण गरेको छ ।
त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिराजन्य पदार्थको बिक्री वितरण, पसल दर्ता र नवीकरण भएरनभएको निरीक्षण गरेको थियो । कतिपय विक्रेताले पसलको नाम, मूल्यसूची नराखेको, प्यान दर्ता नभएको पाइएको थियो । थोक विक्रेता पसलहरुको नवीकरण गर्ने र इजाजत लिन अनुगमन टोलीले जानकारी गराएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।