विदुर(नेस) । विदुर नगरपालिका २ को तिरेधारेमा आइचर दुर्घटना हुँदा तीनजना घाइते भएका छन ।
तिरेधारे स्थित ईन्द्र चोकबाट सितापोखरी जादै गरेको बा ५ख २६७१ नम्बरको गिटी लोड गरेको आइचर अनियन्त्रित भई सडकबाट करिव ३ मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
घाइते हुनेमा सल्यान जिल्लाका घरभई हाल विदुरनगरपालिका ६ बस्ने प्रेमबहादुर तामाङ, दाङ जिल्ला घर भएका शान्तिनगर बस्ने उमेश खड्का र सितापोखरीका सेवक खड्का रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
घाइते प्रेमबहादुर तामाङको दाहिने खुट्टा भाचिएको छ भने उमेश खड्का र सेवक खड्कालाई हातखुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।