डोटी (नेस) ।
डोटीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादबले जिल्ला दैबिप्रकोप तथा उद्धार टोलीलाई उच्च सर्तकमा बस्न निर्देशन दिनु भएको छ । मंगलबार जिल्ला देबी प्रकोप तथा उद्धार समितिले आयोजना गरेको दैबिप्रकोप तथा उद्धार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादबले बर्षादको समय सुरु भएको र डोटीमा बर्षेनी बर्षादको समयमा ठुल्ठुला घटना हुने भएकाले समिति मातहतका कार्यालयले उद्धार सामाग्री सहित उच्च सर्तकमा रहन निर्देशन दिनु भएको हो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी यादबले जिल्ला दैबिप्रकोप समिति मातहतका कार्यालयमा के कति र कुन कुन उद्धार समाग्री रहेको छ भन्ने बारेमापनि जानकारी लिनु भएको थियो ।
राजनैतिकदलका प्रतिनिधी,नगर तथा गाउपालिकाका प्रमुख,कर्मचारी,नेपाली सेना,नेपाल प्रहरी,गैरसरकारी संघ संस्थाका प्रतिनिधी र पत्रकारहरु सहितको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादबले प्रतेक गाउपालिकामा दैबिप्रकोप तथा उद्धार टोली निर्माण गरिनु पर्ने र दैबि प्रकोप आई परे तत्कालै सबेले उद्धार तथा राहात समाग्राी उपलब्ध गराउन समेत आग्रह गर्नु भएको थियो ।
डोटी जिल्लाका पश्मिचौकी,सेती नदि किनारका बासिन्दा,शिखर नगरपालिका,दिपायल सिलगढी नगरपालिकाका केही वडा तथा सायल गाउपालिकालाई दैबिप्रकोपको उच्च जोखिममा राखिएको छ । बर्षादको समयमा हुने बिभिन्न दैबिप्रकोपका घटनाले डोटीमा बर्षेनी दजर्नौले ज्यान गुमाउदै आएको घटनालाई श्रमरण गराउदै प्रजिअ यादबले जिल्लाको जुनसुकै स्थानमा घटना घटेपनि तत्कालै उद्धार तथा राहत पु¥याउन सक्ने गरी तयारी अवस्थामा रहन सबैमा आग्रह गर्नु भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।