काठमाडौं (नेस) । विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सिकाइ सुधारका लागि विशेष अभियान सञ्चालन गर्न समेत सरकारसँग आग्रह गरेका हुन् ।
शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेर्को विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्र्ने ?’ विषय अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले अब सरकारको ध्यान विशेष भर्ना अभियानबाट विद्यालय भित्राइएका बालबालिकालाई गुणस्तरीय शिक्षण सिकाइ गर्नेतर्फ हुनुपर्नेमा जोड दिए । शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले कमजोर सिकाइ स्तरको दोष एक अर्कालाई लगाउन छाडेर संयुक्त रुपमा सिकाइ सुधारको पहल हुनुपर्ने बताउनुभयो । र्
शिक्षाविद् गंगाराम गौतमले विद्यालय तहदेखि विश्वविदालय तहसम्मकै सिकाइ उपलब्धि चिन्ताजनक देखिएको भन्दै त्यसको पहिलो जिम्मेवारी पढाउने शिक्षकले नै लिनुपर्ने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका भक्तपुरकी उपमेयर जुना बस्नेतले शिक्षकहरुलाई जिम्मेवार नबनाई सिकाइ सुधार नहुने भन्दै शिक्षकहरुलाई त्यसको लागि प्रोत्साहीत गर्नुपर्ने बताउनुभयो । शिक्षकले नचाहेसम्म सरकारले जेसुकै गरेपनि सिकाइ सुधार गर्न नसक्ने उहाँको भनाइ थियो । पूर्व शिक्षामन्त्री एवं नेकपाका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले कमजोर सिकाइ सुधारका सम्बन्धमा एकअर्कालाई दोष लगाउनुभन्दा सवै आत्मआलोचित हुँदै आ–आफ्नो दायित्व पुरा गर्ने तर्फ जुट्नुपर्ने बताउनुभयो ।
विश्वनिकेतन मावि काठमाडाकौं प्रअ हेरम्बराज कंडेलले सरकारले शिषामा पर्याप्त लगानी नगरेको र तल्लो तहभन्दा माथिल्लो तहमा बढी ध्यान दिएकाले सिकाइमा समस्या आएको बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।