मोतीराम तिमल्सिना, काठमाडौ । अन्तराष्ट्रिय योग दिवस २०१८ को अवसरमा मुलुकभर योग र आयुर्वैद सम्वन्धी चेतनामुलक कार्यक्रम आयोजना भएका छन् । साताब्यापी कार्यक्रमको समापन विहिबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा हुने भएको छ । योग अभ्यासमा एकै पटक ७ हजार ब्यक्तिलाई सहभागि गराउने तयारी गरिएको छ ।
योग दिवसको अवसर बारे जानकारी दिन याक एण्ड एति होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि भारतिय राजदुत मञ्जित सिंह पुरीले विश्व योग दिवसको भागिदार नेपाल राष्ट्र भएको बताउँदै योग दिवसलाई मानव उत्सवका रुपमा मनाउनु पर्ने बताए । मानवजातिकै देनका रुपमा योग दिवसलाई लिनु पर्ने बताउँदै राजदुत पुरीले मुलुकभरका १ सय ७७ राष्ट्रले जुन ७ लाई भब्य रुपमा मनाउने बेला नेपालले गरेको अभियानको प्रशंशा गरेका थिए ।
पत्रकार सम्मेलनमा पतञ्जली योगपीठ नेपालका ट्रष्टी इन्जिनियर शालिकराम सिंहले ७७ जिल्लामा ४० हजार योग शिक्षक मार्फत एकै पटक देशभर योग शिविर सञ्चालन गरिरहेको बताए । योग दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम भईरहेका छन् । सप्ताहब्यापी चेतनामुलक कार्यक्रममा योग शिविर, प्रशिक्षण, अभ्यास र अन्य कार्यक्रमहरु आयोजना गरिएको शालिकराम सिंहले बताए । योग दिवसको अवसरमा विद्यालय र समुदायलाई लक्षित गरी योग र प्राणायम कार्यक्रम संचालन भईरहेका छन् ।
अन्र्तराष्ट्रिय योग दिवस कार्यक्रमका संयोजक तथा पूर्व डिआईजी ज्ञानेन्द्र विक्रम महतले विश्व्मा नै जीवनशैलमाी आएको परिवर्तन र खानपानका कारणले मानव जातीमा नसर्नै दीर्घ रोगहरुको प्रकोप दिनानुदिन बढ्दै गएकाले त्यसको रोकथामका लागि योग महत्वपूर्ण हुने बताए । पतञ्जली योगपीठ नेपालले योग र आयुर्वैदका माध्यमबाट जनातको स्वास्थ्यको रक्षा गर्ने र जडिबुटी सरक्षण तथा सम्र्वद्धनमा भूमिका खेल्दै आएको छ । अभिभावक गुगाएका बच्चाहरुलाई निशुल्क शिक्षा, आवास र भोजनको ब्यवस्था गरेको छ भने योग शिविर संचालन गर्न माग भएका स्थानमा आवश्यक पूर्वाधारको ब्यवस्था सहित योगको तालिम, उपयोग शिक्षक, सहयोग शिक्षक र विशिष्ठ श्रेणीको योगको प्रशिक्षण प्रदान गरिरहेको छ ।
योग दिवसमा कार्यवाहक प्रधानमन्त्री इश्वरी पोखरेल, सभामुख कृष्णबहादुर महरा सहित ७ हजार भन्दा धेरैले एकै पटक योग अभ्यास गर्नेछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।