पोखरा (नेस) ।
प्रधानमन्त्री केपि ओलिको सरकारले चरम मूल्य वृद्धि गरेको भन्दै पोखरामा नेपाल तरुण दलले विरोध गरेको छ । सरकारले मूल्य वृद्धि ,प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप , सरकारको निरंकुश चरित्र विरुद्धमा तरुण दल कास्किले विरोध र्याली गरेको हो ।
नेपाली काङ्ग्रेस पार्टी कार्यालय बाट शुरु भइ महेन्द्रपुल हुँदै विपि चोकमा पुगि कोणसभामा परिणत भएको थियो । उक्त विरोधसभाको सम्बोधन गर्दै नेपाल तरुण दल पोखरालेखनाथ नगर सभापती महेन्द्र पुनले कम्युनिस्टको तानाशाही शासनले गर्दा आम नेपाली जनताले दुख खेप्नुपरेको बताए । जनताले विश्वास गरेर दिएको मतको कदर नभएको भन्दै खबरदारी गरेका थिए ।
सोही क्रममा बोल्दै नेपाल तरुण दल पर्वत जिल्ला सभापति राज मल्लले अधिनायकवादि कम्युनिस्ट शासनले प्रेस स्वतन्त्रता माथी नै हस्तक्षेप गर्दै कानुननै आफ्नो हातमा लिएको बताउदै विधिको शासनमा गए साथ दिने र जनतालाइ दुख दिए तरुण दल चुपलागेर नबसि देशभर नै आन्दोलन चर्काउने चेतावनी दिएका छ्न ।
ओलि सरकारको दमनकारी नितिको लागि नेविसंघले गरेको आन्दोलनमा तरुणदलले साथ दिदै लाचार सरकारलाई ढाल्ने तरुण दल क्षेत्र नंबर २ का क्षेत्रीय सभापती दिपक गुरुङ माइलाले बताए । ‘उखान टुक्काले मात्र देश चल्दैन जनताको अधिकार जनतालाइ दिनुपर्छ, ज्यादती र महँगिले जनतालाइ दुख दिन पाइदैन सरकारले महँगि तत्काल नघटाए आन्दोलन थप चर्कउने छौं ।’उहाँले बताउनुभयो। प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप बन्द गर्दै मूल्य वृद्धि तत्काल घटाउनुपर्ने माग सहित विरोध गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।