शालिकराम चालिसे, नुवाकोट
नुवाकोटको तादी गाउँपालिका वडा नं २ र ३ मा रहेको सप्टुङखोला खानेपानी आयोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । तादी गाउँपालिकामा भएको कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेलाई प्रतिनिधिसभाका सांसद हितकहादुर तामाङ र सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले संयुत्त रुपमा खानेपानी आयोजना हस्तान्तरण गर्नुभएको हो ।
नेपाल भुकम्पप्रतिकार्य कार्यक्रम अन्र्तगत अक्सफाम र सहायता समाजिक संस्थाको संयुक्त आयोजनामा सप्टुङखोला खानेपानी आयोजना निर्माण गरिएको हो । आयोजना लागत ९८ लाख ३८ हजार एकसय ४५ रुपैयाँ रहेको सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले बताउनुभयो ।
खानेपानी आयोजनाबाट तादी गाउँपालिकाका वडा नं २ र ३ का २ सय ८० घरधुरीले स्वस्च्छ र सफा पानी पिउन पाएको अध्यक्ष रिजालले बताउनुभयो । खानेपानी आयोजनाबाट साविकको रालुकादेवि गाविस अन्र्तगतका १,८ र ९ वडाका करिव २ सय ८० घरधुरीले लाभान्वित हुनेछन ।
कार्यक्रमलाई संबोधन गदै प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङले रालुकाको विकासको लागि यो आयोजना कोसेढुङ्गा सावित हुने बताए । उनले यो पानी आयोजनाबाट रालुकाबासीले तरकारी खेती लगायत विविध आयअनर्जनको काम गर्न सक्ने बताए ।
त्यस्तै तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले साप्टुङ खानेपानी आयोजनाले रालुकाको खानेपानी समस्या समाधान भएको भन्दै त्यसलाई व्यवस्थित रुपमा संचालन र रेखदेख गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सप्टुङखोला खानेपानी उपभोत्ता समितिका अध्यक्ष मननसिंह तामाङले आयोजना निर्माणले आफुहरुको जीवनमा परिवर्तन ल्याउने बताउनुभयो । गाउँमा पानी नहुँदा पानी लिन जान घण्टौ लाग्ने समस्या हटेको तामाङले बताए ।
त्यस्तै गाउँमा खानेपानी पुगेपछि घर पुनर्मिाण शुरु गर्न पाएको स्थानिय विरवहादुर तामाङले बताए । पानी अभाव डाडागाउँमा पुननिर्माण समेत रोकिएको थियो । आयोजनाको लाग ९८ लाद ३८ हजार एकसय ४५ रुपैया रहेको सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले बताउनुभयो । आयोजनाको अवधि २० वर्ष रहेको छ । आयोजनाबाट १९ सय जना लाभान्वित भएका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।