कैलाली । कैलालीको चुरे गाउँपालिका वडानम्बर १ किम्तोलास्थित शिव माध्यामिक विद्यालयका छात्राहरुमा अपरिचित काप्ने रोग देखा पर्न थालेको छ । मंगलबारका दिन विद्यालय सुरु भएको १५ -२० मिनेटको समय सो विद्यालयका २ जना छात्राहरु पढाई सुरु भइरहेको अवस्थामा कक्षा कोठाबाट निस्केर काप्दै विद्यालयको चौरमा पल्टिन पुगेका थिए ।
गर्मी महिना लाग्ने वित्तिकै सुरु हुन थालेको काप्ने समस्याले विद्यालयका ३०/४० जना छात्राहरुमा हप्तै पिच्छे बिद्यालयको समयमा छात्राहरुमा काप्ने समस्या देखा पर्न थालेपछि विद्यालयको पढाईसमेत प्रभावित हुने गरेको विद्यालयका शिक्षक हेमन्त लामाले बताएछ ।
सुरुमा एक जना छात्रामा काप्ने समस्या देखा पर्न थाल्दछ त्यसपछि लगातार कक्षा कोठाभरि नै होहल र कोलाहल सुरु हुन थाल्छ अनि सबै विद्यार्थीहरुमा एक प्रकारको कोलाहल मच्चिनाले केहीबेर पढाई नै अवरुद्ध हुने गरेको पनि शिक्षक लामाले बताए । छात्रहरुमा नभई १५ देखि १८ बर्षसम्मका छात्राहरुमा मात्र यो समस्या देखा पर्न थालेको ३ बर्ष जति भयो भन्छन् सो विद्यालयका निमित्त प्रधानाध्यापक शेरबहादुर बम ।
निमित्त प्रधााध्यापक बमले भने– एक बर्ष पहिले यो समस्या देखापरेको थिएन । फेरि यस बर्षको गर्मी महिना शुरु हुने बित्तिकै छात्राहरुमा मात्र काप्ने समस्या आएको हो । कतै देवीदेवताको छलकपट हो कि भन्ने आशंकामा विद्यालय व्यवस्थापनले केही समय पहिला विद्यालयमै सबै छात्रा र छात्राहरुलाई राखेर बोका काटेर पूजाआजा गरेको पनि विद्यालयका निमित्त प्रधानाध्यापक बमले बताए ।
विद्यालयको हातामा रहेको सरस्वतीको मन्दिरमा पुजाआजा गर्दाखेरी केही समयसम्मका लागि सो समस्या टरे पनि त्यसको केही दिनपछि छात्राहरुमा काप्ने समस्या यथावत नै रहेको निमित्त प्रअ बमले बताए । बमले भने– काप्ने समस्याको बारेमा जिल्ला जनस्वास्थ्यलगायतका सरोकारवाला निकायले तत्काल चेकजाँच गरी उपचारका बारेमा पहल गर्न सकेको भए केही हदसम्म समस्या समाधान हुन सक्ने देखिन्छ ।
विद्यालयको समयमा छात्राहरुमा काप्ने समस्या देखा पर्न थालेपछि उनीहरुलाई सम्हालन निकै कठिन हुने गरेको कुरा बताउँछन्– विद्यालयका कार्यालय सहायक दानबहादुर बम ।
शिव माध्यामिक विद्यालयमा दैनिक जसो एक दुई जना छात्राहरुमा काप्ने समस्या देखा पर्ने गरेकोले यस प्रकारको समस्यालाई जिल्ला जनस्वास्थ्य र सरोकारवाला निकायले बेलैमा उचित पहल गर्नुपर्नेमा शिव माध्यामिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुले आग्रह समेत गरेका छन् । यो समस्या शिव माध्यामिक विद्यालयमा मात्र नभएर छिमेकी डोटी जिल्लाका कतिपय बिद्यालयहरुमा पनि काप्ने समस्या नियमित रुपले देखा पर्ने गरेको पनि स्थानीयले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।