सल्यान, (नेस)
सल्यानमा १ सय १० वटा कुकुरलाई बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप दिईएको छ । शारदा नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा कुकुरहरुलाई बन्ध्याकरण गरिएको नगरपालीकाले जनाएको छ ।
नगरभित्र रहेका, घरमा पालेका र घरबाहिर रहेका कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सीन दिइएको र बन्ध्याकरण गरिएको हो । नगरभित्रका रहेका १ सय १० कुकुरलाई बन्ध्याकरण गरियो भने बाकी ५५ वटा ओटा भन्दा धेरै कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन दिइएको छ ।
भाले कुकुर ५७ वटा र पोथी कुकुर ५३ वटा गरी १ सय १० जनालाई बन्ध्याकरण गरिएको हो ।
छाडा कुकुरहरुलाई कम गर्न र मानिसमा लाग्ने रोगहरु कुकुर बाट पनि सर्ने भएको हुनले यस्लाई न्युनिकरण गर्ने उदेश्यले कुकुरहरुलाई बन्ध्याकरण तथा रेबिज खोप दिईएको शारदा नगरपालीकाका मेयर शुरेस अधिकारीले बताउनु भयो । उहाँका अनुसार भुस्याहा कुकरहरुलाई कम गर्नको लागी रेबिज बिरुद्धको भ्याक्सीन दिएको बताउनु भयो ।
उहाँले भन्नु भयो सदरमुकाम खलंगामा मात्र १ सय वटा भुस्याहा कुकुरहरु छन, ती कुकुरहरुले यहाँ रहेका पशुहरुलाई आक्रमन गर्ने, खाईदिने खाईदिने गरेका छन । यिनलाई मार्ने भन्दा पनि बन्धाकरण र रेबिज बिरुद्धको भ्याक्सीन बाट नैे कुकुर आफै घटेर जान्छन, जस्को लागी नगरपालीकाले शिबिरको आयोजना गरेको मेयर अधिकारीले बताउनु भयो ।
पछिल्लो चरणमा भुस्याहा कुकुरलाई मार्ने मानसिकता धेरै भएकाले मार्नु भन्दा पनि बन्ध्याकरण र रेबिज खोप बिरुद्धको भ्याक्सीनले कुकुरहरु बढनमा कम हुने सन्चालक खगेश्वर भटराईले बताउनु भयो । उहाँले भन्नु भयो कुकुर बन्ध्याकरण गर्नले कुकुरहरु पनि बढन पाउदैनन, रोगहरु पनि कम हुन्छ, जस्को लागी घरमा रहेका कुकुरलाई ७० प्रतिशत खोप लगाईसकेको हुनु पर्दछ ।
कुकुरहरु बाट धेरै किसिमको रोगहरु सर्ने भएकाले कम बन्ध्याकरण बाट नै नियन्त्रण गर्न सकिने सन्चालक भटराईले बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।