कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मुलुक संघीय संरचनामा गरेका कारण जनताले राहतको महसुस गरेको बताउनु भयो।
तन्नेरी चासो र पिजे क्लब काठमाडौँको आयोजनामा शुक्रबार वीरगन्जको घण्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै मुख्यमंत्री गद्दीले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउन यस्ता कार्यक्रमहरुले थप बल मिल्ने बताउनुभयो । ‘हामी नविर्सौ’ शिर्षक दिईएको उक्त फोटो प्रदर्शनीमा मुख्यमन्त्री लालबाबु राउत गद्दीले समग्र मु्लुक अहिले राजनीतिक स्थिरता तर्फ अगाडि बढेको बताउनुभयो ।
फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाका बन्दी, महाभुकम्प, बाढी पहिरो, दैनीकि अभाव, पेट्रोलियम पदार्थको हाहाकार लगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सासदको निर्वाचन लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरु राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताउनुभयो।
कार्यक्रममा प्रदेश सभासद तथा वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा, प्रदेश सभासद भिमा, वीरगन्ज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, नेविसंघका अध्यक्ष दिलिप राज कार्की, नेपाल रेडक्रस सोसाईटि पर्साका सभापति फुलमहम्मद मिया, उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ, जिल्ला युवा समिति पर्साका अध्यक्ष संतोष गुप्ता, मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्का, चेलि कृषि साहकारी संस्था लिमिटेडकी कमला घिमिरे, कार्यक्रममा तन्नेरी चासोका नविन शिलवाल, दिपज्योति श्रेष्ठ, निलम पन्त, सन्ध्या पौडेल, कैलाश न्यौपाने, सुवाश श्रेष्ठ, आयुष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।