हरकसिंह धामी, कञ्चनपुर ।
कञ्चनपुरमा रहेको राष्ट्रिय प्रकृतिक संरक्षण कोषले निःशुल्क रुपमा उन्नत जातको नश्लको बोयर बोका वितरण गरेको छ । मध्यवर्ति क्षेत्रमा रहेका ६ समुहलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोष र यु.एस.यफ.डव्लु.एस. को आर्थिक सहयोगमा १३ वटा बोयर प्रजातिको बोकाहरु त्रिपक्षीय सम्भौताको आधारमा गरीव बिपन वर्गका कृर्षकहरुलाई गोला प्रथाका आधारमा वितरण गरीएको हो ।
वितरण गरिएका १३ वटा बोकाहरु मध्ये ३ वटा भीमदत्त नगरपालिकाको शुक्लाफाँटा उपभोक्ता समुहका मदन सिह सावद, विर बहादुर नेगी र जयराज जोशी कृषकहरुलाई वितरण गरिएको छ ।
भने २ वटा वेतकोट नगरपालिकाको बेदकोट उपभोतm समूहका कृषक लोक पाण्डेय र नवल सिह रावल लाई, महाकाली नगरपालिकाका हिमालयन उपभोक्ता समुहका कृषक धन बहादुर बम र दुर्गा सिह धामी सगरमाथा उपभोक्त समूहका कृषक सर्वजित बुढा र योगेश खडका गरी ४ वटा बोका वितरण गरेको छ ।
त्यस्तै शुक्लाफाँटा नगरपालीका अन्र्तगत रहेका सुनदेवि उपभोक्त समूहका कृषक जगन्नाथ ऐर र धन बहादुर महर त्रिशक्ति उपभोक्ता समुहका गर्जमूनि पिपलाडीकी महिला कृषक विमला शाहु र शारदा बोहरा ४ गरी कुल १३ वटा बोयर बोका राष्ट्रिय प्रकृतिक संरक्षण कोष कञ्चनपुरका कार्यालय प्रमुख अनिल प्रसागाईले हस्तान्तरण गर्नु भएको थियो ।
राष्ट्रिय प्रकृतिक संरक्षण कोष कञ्चनपुरका कार्यालय प्रमुख अनिल प्रसागाईले मध्यवर्ति क्षेत्रमा रहेका गरीव तथा विपन् वर्गको आय आर्जनमा वृद्दि गराई आर्थिक स्तर माथि उकास्ने र खुल्ला चरी चरन रोक्ने उद्देश्य रहेको बताउनुभयो ।
शुक्लाफाँटा उपभोक्ता समुहका जयराज जोशीले यो कार्यक्रमले आफुलाई बाख्रा पाल्नमा अग्रसर गरेको, आर्य आर्जनमा सहयोग गर्ने बिश्वास लिएको र समुदायका अन्य कृषकलाई पनि सल्लाह दिने बताउनुभयो । त्रिशक्ति उपभोक्ता समुहकी महिला कृषक विमला शाहुले गाउँमा यस्ता उन्नत खाल्लका बोका नपाईने भएकाले आफुलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोषले बोका वितरण खुशी लागेको र अहिलेको भन्दा राम्रो व्यवसायीक तरीकाले बाख्रा पाल्नमा लाग्ने उहाँले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।