सुर्खेत, (नेस)
सुर्खेतमा अदालतवाट दोषि ठहर भएका विभिन्न मुद्धाका फरार अपराधी लाई पक्राउ गरिएको छ ।
जिल्ला अदालत सुर्खेतबाट बिभिन्न अपराधमा सजाय फैसला गरेका आठ जना अपराधी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।
अदालतवाट कर्तब्य ज्यान सम्बन्धी मुद्धा, बाल बिबाह मुद्धा, बन मुद्धाका तथा जुवा मुद्धाका सजाय फैसला भई फरार रहेका आठ जना अपराधीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्तब्य ज्यान सम्बन्धी मुद्धाका सुर्खेत छाप्रे ४ का जैसरा भन्ने लाल कामी, बाल बिबाह मुद्धामा बिरेन्द्रनगर नगरपालीका ११ (साबिक जरबुट्टा गा.बि.स. वडा न १ सुर्खेत ) वस्ने २६ वर्षिय अनिता नेपाली र बन मुद्धाका ४६ वषर््िाय को लक्ष्मीप्रसाद तिवारी लाई पक्राउ गरिएको पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै अदालतको फैसला अनुसार जुवा मुद्धामा फरार रहेका बिरेन्द्रनगर नगरपालीका. वडा नं ३ तातापानी (साबिक उत्तरगंगा गाबिस ८ ) सुर्खेत बस्ने ३३ वर्षिय हीम खत्री, ४२ वर्षिय प्रेम थापा, ३२ वर्षिय बालकृष्ण हमाल, २९ वर्षिय राजेन्द्र पौडेल, ३० वर्षिय कृष्ण रावत लाई पक्राउ गरिएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिएका छन ।
उक्त मुद्धामा पक्राउ गरिएका पाँचै जना लाई आबश्यक कारबाहीका लागि जिल्ला अदालत सुर्खेतमा पठाईएको प्रहरी निरिक्षक शंकर श्रेष्ठले वताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।