इलाम, (नेस)
खोलामा पौडी खेल्ने क्रममा दक्षिणि इलामको माईनगरपालिकामा एक बालकको शनिबार डुबेर ज्यान गएको छ । माईनगरपालिका वडा नम्बर ३ बगैंचेका ज्ञानबहादुर दर्जीको ९ बर्षिय छोरा प्रविण दर्जीको लोदिया खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मृतक दर्जीको शबलाई झापा मेची अञ्चल अस्पतालमा पोष्टमार्टपछि परिवारले दाहसंसकार गरेका छन् । यता बर्षासंगै परेको चटयाङको कारण जिल्लाकै चुलाचुली गाउँपालिकाको दुई घरमा आगलागि भएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर १ का अमृतबहादुर योङहाङ र उनको घर नजिकै रहेका छोरा दलबहादुर योङहाङको घरमा आगलागि भएको हो ।
टिनको छानो भएको दुबैजनाको एक÷एकतले घरमा रहेका सम्पूर्ण सामानहरु पनि पूर्ण रुपले क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चटयाङबाट घरमा आगलागि पछि बाबु छोरा छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य बनेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।