नुवाकोट, (नेस)
बेलकोटगढी नगरपालिकाले असहमति जनाउँदा नुवाकोट अझैसम्म पनि खुल्ला दिसामुत्त जिल्ला घोषणा हुन सकेको छैन ।
नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये २ स्थानिय तह ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका खुल्ला दिसामुत्त नहँदा जिल्लालाई खुल्ला दिसामुत्त घोषणा गर्न समस्या परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नुवाकोटका प्रमुख मोहनलाल जैशीले बताउनुभयो । ककनी गाउँपालिकालाई खुल्ला दिसामुत्त गर्न समस्या नरहेको भन्दै उहाँले विशेष गरि वेलकोटगढी नरपालिकाले अल्झाएर समस्या आएको बताउनुभयो ।
बेलकोटगढी नगरपालिकाका सबै गाउँमा शौचालय बनेपनि मेयर राजेन्द्ररमण खनालले समय नदिँदा समयमै जिल्लालाई खुल्ला दिसामुत्त बनाउन समस्या रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नुवाकोटका कर्मचारीहरुले बताएका छन । बेलकोटगढीका मेयर राजेन्द्ररमण खनालको ढिपीले यो महिनाको दास्रो हप्तासम्मा पनि जिल्ला खुल्ला दिसामुत्त नभएमा बजेको समस्या आउने र आगामी महिना भएमा कार्यलयसँग कुनै बजेट नहुने कार्यलय स्रोतले जनाएको छ ।
कार्यलय प्रमुख जैशीका अनुसार यो महिनाको दास्रो सातासम्म पनि जिल्लालाई खुल्ला दिसामुत्त बनाउन नसकिए खुल्ला दिसामुत्तको लागि आएको बजेट फ्रिज हुने प्रावधानले समस्या पारेको जैशीले बताउनुभयो । साथै असार मसान्तसँगै खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नुवाकोटमा रहन्छ वा रहदैन भन्नेले समेत कर्मचारी अन्योलमा छन । जसले गर्दा बेलकोटगढीका मेयर खनालले समय नदिँदा पुरै जिल्ला खुल्ला दिसामुत्त हुन समस्या भएको छ ।
शुक्रवारलाई ककनी गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणाको तयारी भएपनि अन्ति समयमा आएर रोकिएको छ । यी दुई स्थानिय तह दिसामुक्त हुन नसकेपछि नुवाकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम पटक पटक स्थगित भइरहेको छ ।
ककनीको कागती गाउँको केही घरमा बाँकी रहेको शौचालय समेत निर्माण भइसकेपछि ककनीमा समस्या नरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नुवाकोटकी समन्वय कर्ता भवानी सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार दुबै गाउँपालिकाका सबै घरमा शौचालय निर्माण भएपनि घोषणा गर्न बेलकोटगढीले ढिलाई गर्दा समस्या भएको बताउनुभयो । अहिले नुवाकाटका सबै स्थानिय तह बजेट ब्यबस्थापन तथा बजेट घोषणका लागि जुटि लागिपरेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।