११ असार , दाङ – तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु एक अर्ब ५७ करोड, रु ४१ लाख, हजार २०७ को बजेट सार्वजनिक गरेको छ।
तुलसीपुर उपमहानगरपालिकाको तेस्रो नगरसभामा उपप्रमुख माया आचार्यले आज सार्वजनिक गर्नुभएको बजेटमा चालु खर्चतर्फ रु १४ करोड, ४९ लाख, १८ हजार विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु एक अर्ब, ४२ करोड, ९२ लाख, ७३ हजार ७०० विनियोजन गरिएको छ ।
जसअन्तर्गत आन्तरिक स्रोतबाट रु १४ करोड, युनिसेफबाट अनुदान रु ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि रु २० करोड, वित्तीय समानीकरण अनुदान, नेपाल सरकारबाट रु २९ करोड, ७४ लाख, १३ हजार, सशर्त अनुदान विषयगत रु ४१ करोड, ९१ लाख, ८२ हजार, राजश्व बाँडफाँटबाट रु १९ करोड, ५२ लाख, ४५ हजार रहेको छ ।
यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरणबाट रु ६८ लाख, ७८ हजार, सशर्त अनुदान रु एक करोड, ३३ लाख, राजश्व बाडँफाँटबाट रु दुई करोड १३ लाख, ३० हजार र अन्य अनुदानबाट रु एक करोड १७ लाख प्राप्तहुने अनुमान गरिएको छ ।
गत वर्षको मौज्दात रु एक करोड १६ लाख, ४१ हजार २०७ र नगर विकास कोषबाट ऋण रु १० करोड, समपूरक अनुदान रु १५ करोड गरी जम्मा रु अर्ब रु ५७ करोड,४१ लाख, ९१ हजार, २०७ आय अनुमान गरिएको छ ।
उपमहानगरपालिकाले बजेटमा प्राथमिकता आफ्नो क्षेत्रभित्र पर्ने भौतिक पूर्वाधार निर्माण गर्न नगर र वडास्तरीय गौरवका योजनाका लागि रु ३० करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै पठन संस्कृतिको विकास र बौद्धिक छलफलका लागि तुलसीपुर नगरस्तरीय पुस्तकालय सञ्चालनका लागि रु ५० लाख, तुलसीपुर बसपार्कभित्र आधुनिक तुलसीपुर अटो भिलेज निर्माण सम्पन्न गर्नका लागि थप रु एक करोड, राप्ती शान्ति उद्यान, चमेरे गुफा, थर्कोट, गौरीगाउँ ताल, बबई नदी, कृष्ण मन्दिर पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि रु एक करोड, व्यावसायिक कृषि तथा पशुपालनको विकास, व्यावसायिक किसान पोशाक तथा परिचयपत्र वितरण, व्यावसायिक फलफूल बगैंचा निर्माण, बाह्रै महिना सिँचाइ सुविधा उपलब्धता, शीत भण्डार निर्माण गर्नका लागि कृषि, पशुपालन र सिँचाइ क्षेत्रमा एकमुष्ठ रु छ करोड रकम विनियोजन गरिएको छ ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सञ्चारगृहलाई प्रभावकारी बनाउन, सञ्चार कोषको स्थापना गर्न र जनताको सूचना पाउने हक स्थापित सञ्चारकर्मीलाई विभिन्न किसिमका तालीम तथा प्रशिक्षण गर्नका लागि रु ३० लाख रकम विनियोजन गरिएको उपप्रमुख माया आचार्यले बजेट मन्तव्यमा जानकारी दिएकी छन् ।
सुविधा सम्पन्न पशु अस्पताल र एनिमल एम्बुलेन्स सञ्चालनका लागि रु ५० लाख, टोलटोलमा सहकारी घरघरमा भकारी भन्ने लक्ष्यका साथमा आम जनतासमक्ष सहकारीप्रतिको आकर्षण बढाउन, सहकारीको क्षमता विकास गर्न र अनुगमन कार्यका लागि रु १० लाख विनियोजन गरिएको छ । तुलसीपुरमा बहुद्देश्यीय सभाहल निर्माणका लागि रु एक करोड विनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनका लागि गुरुयोजना बनाई कार्यान्वयन गर्न रु २५ लाख बजेट विनियोजन गरिएको छ भने आइटी पार्क निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
रासस