दौतरी एफ.एम. ,
२५ साउन , नवलपरासी । जातीय अधिकार प्राप्तीका लागि सम्पूर्ण जनजातीहरु एक भएर अघि बढ्नुपर्ने आदिवासी जनजाती नेताहरुले बताएका छन् । उनीहरुले कुनै पनि जातीहरुले एकल रुपमा अधिकार प्राप्त गर्न नसक्ने भएकाले सम्पूर्ण आदिवासी जनजातीहरु एक भएर अधिकार खोज्नु पर्ने बेला आएको बताएका छन् । २४ औं विश्व आदिवासी जनजाती दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघ बर्दघाट समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले स्थानिय निर्वाचनमा महिलाहरुलाई जस्तै जनजातीहरुलाई पनि कोटा नछुट्टाईएको प्रति आपत्ति जनाउदै अवका निवार्चनमा यस प्रकारको जनजाती कोटा छुट्टाउने तर्फ दवाव दिनु पर्ने बताएका थिए । त्यसैगरी उनीहरुले स्थानिय निकायले वजेट विनियोजन गर्दा जनजातीहरुको जनसंख्याको आधारमा बजेट विनियोजन गर्न पनि माग गरेका छन् । नेपाल आदिवासी जनजाती महासंघ बर्दघाट समन्वय समितिका अध्यक्ष्ँ क्ष्ँेत्र बहादुर गुरुगंको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा नगर उप प्रमुख माया पौडेल लगाएत नगरका आदिवासी जनजाती नेताहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा समितिका कोषाध्यक्ष्ँ सूर्यनारायण चौधरीले बर्दघाट नगरवाट विनियोजनगरीएको वजेटवाट आदिवासी जनजातीहरुलाई प्राप्त करिव ८ लाख रुपैयाको खर्च विवरण प्रस्तुत् गर्नु भएको थियो । खर्चको पूर्ण विवरण नभएपनि लक्ष्ँीत वर्गका लागि छुट्टाईएको १ लाख ७५ हजार,आदिवासी जनजातीका लागि छुट्टाईएको कम्प्युटर तालीमका लागि ३ लाख ३० हजार,उद्घोषक तालीमका लागि १ लाख १० हजार भवन निमार्णका लागि १ लाख ९१ हजार १ सय ३३ रुपैया नगरपालिकावाट प्राप्त गरेको विवरण प्रस्तुत गर्नु भएको थियो भने लोक सेवा कक्ष्ाँ संचालनका लागि विनियोजन गरेको रकम खर्च गर्न नसकेर फ्रिज भएको जानकारी गराउनु भएको थियो ।कार्यक्रम विजुला जोशीको स्वागत र पशुपति चौधरीको संचालनमा सम्पन्न् भएको थियो ।