समाचारदाता,
२६ साउन दाङ । भूमिसुधार तथा ब्यवस्था मन्त्री गोपाल दहित दाङ आउदै हुनुहुन्छ । दाङ जिल्लामा रहेको गुठी, मोही, अब्यवस्थीत बसोवास, सुकुम्वासी, कमैयाँ, कमलहरीहरुको समस्याहरु अध्ययनको लागी मन्त्रि दहित भदौ ३ गते दाङ आउन लागेका हुन ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रीकका जिल्ला अध्यक्ष शनीराम चौधरीले बिहिवार एक विज्ञप्ती जारी गर्दै भदौ ३ गते लमही नगरपालीका वडा नं. ३ को वालजनता माध्यमिक विद्यालय वनगाउँमा राखिएको कार्यक्रममा सहभागी हुन आउन लागेका हुन।
यस्तै सोही दिन मन्त्रि गोपाल दहित गढवा गाउँपालिका वडा नं. ५ भवानी शिविरमा राखिएको कार्यक्रममा पनि पुग्ने छन । यस्तै भदौ ४ गते घोराही र तुलसीपुर उपमहानगरपालिकामा राखिएको विभिन्न कार्यक्रममा सहभागी हुने मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष चौधरीले जानकारी दिएका छन ।