राजविराज, (नेस)
कानुन ब्यवसायीहरुले मंगलवारदेखि उच्च अदालत जनकपुर राजविराज ईजलास अनिस्चितकालका लागि वहिस्कार गरेका हुन् । सोमवार वसेको वारको वैठकले ईजलास वहिस्कार गर्ने निर्णय गरेको हो ।
मुद्दा फैसलामा अनियमितता वढेको र आर्थिक चलखेलका कारण फैसला प्रभावित हुन थालेकाले इजलास वहिस्कार गर्नु परेको वार अध्यक्ष विजय यादवले जानकारी दिए ।
गत जेठ २० गते जिल्ला न्याधिस नियुक्ती गर्दा न्यायपरिषदले त्रुटिपुर्ण निर्णय गरेको विरोधमा पनि इजलास वहिस्कार गरिएको उनको भनाई छ । १६ जना जिल्ला न्यायधिस नियुक्ति गर्दा समावेशी नगरेको कानुन ब्यवसायीहरुको आरोप छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।