नरेन्द्र केसी, घोराही, दाङ
रोल्पाको थवाङ राजनीतिक हिसाबले सँधै चर्चामा रहने ठाउँ हो । स्थानीय तह पुनर्संरचनासँगै थवाङकै नाममा गाउँपालिका बनेको छ । तर, भौगोलिक विकटताका कारण राष्ट्रिय सूचना सञ्जालमा नजोडिंदा यो गाउँपालिकाको प्रशासन सञ्चालनमा कठिनाइ भइहेको थियो । अहिले आएर यो समस्या केही हदसम्म समाधान भएको छ ।
मन्त्रालयका सूचना लिन वा कुनै निर्णय मन्त्रालयमा पठाउन इमेल गर्न लिवाङ पुग्नुपथ्र्यो । कहिलेकाही आफै र कहिले कर्मचारीलाई काजमा खटाएर मन्त्रालयसम्म सूचना आदान प्रदान गर्ने बाध्यता अब सकिएको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताउनुभयो । भर्खरै उच्च प्रविधिको इन्टरनेट जडान भएपछि थवाङ पहिलोपटक इन्टरनेट सञ्जालमा जोडिएको हो ।
नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली प्रदेशका दशवटै जिल्ला र प्रदेश नम्बर ५ का दुई जिल्ला रुकुम पूर्व र रोल्पामा इन्टनरेट पु¥याउने जिम्मेवारी पाएको यो कम्पनीले पूर्वी रुकुमको रुकुमकोटहुँदै भर्खरै थवाङमा इन्टरनेट पु¥याइएको वल्र्ड लिंक कम्युनिकेशनका क्षेत्रीय प्रविधि प्रबन्धक राजेन्द्र बिष्टले जानकारी दिनुभयो ।
थवाङ निवासी नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेश इञ्चार्ज मौसम रोकाले थवाङ इन्टरनेट सञ्जालमा जोडिनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले अब सरकारी कार्यालयसँगै स्थानीयवासीलाई पनि सेवा दिनुपर्ने बताउनुभयो ।
सोपा बलाङजाको डाँडामा टावर राखेर इन्टरनेट जडान गरिएको उहाँले जानकारी दिनुभयो । योसँगै पूर्वी रुकुमको रुकुमकोटमा पनि इन्टरनेट जडान गरिसकिएको छ । यो कम्पनीले रोल्पाका लिवाङ, सुलीचौर, रुन्टीगढी, त्रिवेणी आदिमा इन्टरनेट जडान गरिएको भए पनि उत्तरी रोल्पामा पहिलोपटक थवाङमा इन्टरनेट पु¥याइएको हो ।
थवाङ गाउँपालिका, वडा नम्बर १ र २ तथा स्थानीय विद्यालय र स्वास्थ्य चौकीमा दुइ बर्षसम्म निशुल्क वाइफाइ सुविधासहित इन्टरनेट जडान गरिएको छ । ‘नेपाल सरकारले हामीलाई दिएको जिम्मेवारीअनुसार जडान गरेको मितिले दुइ बर्षसम्म स्थानीय तह, विद्यालय र स्वास्थ्य चौकीमा निशुल्क वाइफाइ सुविधा हुनेछ’– प्रबन्धक बिष्टले भन्नुभयो– ‘त्यसपछि सरकारको थप निर्णय के हुन्छ, अहिले नै भन्न सकिन्न ।’
कम्पनीले पूर्वी रुकुमका सबै वडा र रुकुम पश्चिमका सबै वडा तहसम्म चाँडै सेवा पु¥याउने तयारी गरेको छ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नम्बर २ को कार्यालय र सिमु्रतु मावि तथा स्वास्थ्य चौकीमा जडान गरिससिकएको जानकारी दिंदै बिष्टले अब मुसीकोट नगरपालिकालगायतमा चाँडै इन्टनरेट जडान शुरु गरिने जानकारी दिनुभयो ।
अहिले १२ वटै जिल्लामा टावर निर्माणको काम भइरहेको छ । सबै ठाउँमा गरी १ सय ६० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३० वटा टावर सञ्चालनमा आइसककेको बिष्टले जानकारी दिनुभयो । प्रशिद्ध स्थल स्वर्गद्वारी, रारालगायतका स्थानमा इन्टरनेट पुगिसकेको छ । कम्पनीले २०७५ असारसम्म ५० प्रतिशत ठाउँमा सेवा पु¥याउने लक्ष्य लिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।