श्रावण २७, अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय भएको AECC GLOBAL ले ५ वर्ष अघिकाठमाण्डौमा शाखा कार्यालय खोली नेपालबाट अध्ययनका लागी अष्ट्रेलिया जाने इच्छुक बिध्यार्थी हरुका लागी भरतपुरको होटल रोयल सेन्चुरीमा १ दिने परामर्श कार्यक्रम अष्ट्रेलिया शिक्षा दिबस संचालन गरेको हो ।
उक्त कार्यक्रममा अष्ट्रेलियाका बिभिन्न १० वटा बिश्वविद्यालयबाट प्रतिनिधिहरुको सहभागितामा प्रतक्ष्य बिध्यार्थीले नै ति प्रतिनिधिहरुसंग सम्बाद गर्ने पाउने उदेश्यले चितवनका बिध्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको आयोजना गरीएको यस एइसिसी ग्लोवलका ब्यापार प्रमुख सचिन उपाध्यायले बताउनु भयो । आजको यस परामर्श कार्यक्रममा बेलुकी सम्म ३०० देखी ५०० विध्यार्थी सहभागी हुने लक्ष्य राखिएको बताउनु भयो । AECC GLOBAL बाट अष्ट्रेलियामा रहेका ४३ विश्वविद्यालय मध्ये २८ वटा विश्वविद्यालयमा यस AECC GLOBALबाट अध्ययनका लागी बिध्यार्थीहरु जाने गरेको बताउनु हुन्छ । यस वर्ष धेरै भन्दा धेरै बिध्यार्थी अध्ययनका लागी अष्ट्रेलिया पठाउन सकियोस भनी ३ दिने परामर्श कार्यक्रमको आयोजना गरीएको मा श्रावण २५ गते काठमाण्डौमा ९१५ जना बिध्यार्थीको सहभागीता रहेको थियो । २६ गते पोखरा र २७ गते चितवनमा करीब ५०० को हाराहारीमा बिध्यार्थीलाइ परामर्श दिइने जिकीर गर्नु भयो । यस AECC GLOBAL को बिश्वका अष्ट्रेलिया,ग्रिस,सिगापुर,भारत फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेशिया नेपाल ८ वटा मुलुकमा शाखा मार्फत आफ्नो सेवा दिइरहेको उपाध्यायले वताउनु भयो । आजको यस कार्यक्रम पुर्ण निःशुल्क भएको दाबी गर्नु भयो ।
चितवनका शाखा प्रमुख बिनोद लुइटेलले बिध्यार्थी पढ्न र रोजगारी दुबै पाइने भएकोले र भबिश्यमा आवाशिय बसाइ समेत गर्न सकिने भएकोले अष्ट्रेलिया बिश्वको नम्वर १ रोजाइको देश बन्न सफल भएको बताउनु भयो । बिगत ८ महिना अघि चितवनमा शाखा बिस्तार गरीएको यस AECC GLOBAL ले ८ जना बिध्यार्थी अध्ययनको लागी अष्ट्रेलिया पुगी सकेको र आगामी डिसेम्वर महिना सम्म ५० जना पुयाउने लक्ष्य रहेको बताउनु भयो । जुन सुकै बिषयमा प्लस टु गरेका बिध्यार्थीले IELTS को कोर्ष पुरा गरी ६ भन्दा माथी स्कोर ल्याउने बिद्यार्थाी अष्ट्रेलियाको भिषा प्रोसेर गर्न सकीने बताउनु भयो । अष्ट्रेलियाको बिभिन्न बिश्वबिद्यालयको फिस को आधारमा अष्ट्रेलिया जान लाग्ने लागत फरक रहेको बताउनु भयो । सरदर १५ देखी १८ लाख लाग्ने गरेको पाइन्छ ।
श्रोत :- रेडियो नारायणी