कञ्चनपुर, (नेस)
कञ्चनपुरको भिमदत्त नगरपालीका ३ तिलकपुर मालिका टोलमा विद्युतको करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
पुरानो विद्युतको लाईनमा नयाँ पोलहरुमा जडान गर्ने क्रममा तारहरु ठोकिन गई करेन्ट उत्पन्न भएको र सोहि करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी लालझाडी गाउँपालिका ७ घर भएका २४ वर्षीय शिवराज राना को मृत्यु हो भने अन्य ४ जना बेलौरी नगरपालिकाका अनिल चौधरी, बेल्डाँडी नगरपालिकाका सन्दीप चौधरी, लालझाडी गाउँपालिकाका जोहरलाल राना र कैलाली–१७ उर्माका बालकिरण चौधरी घाईते भएका छन ।
घाईतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसके पछि उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा रिफर गरीएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।