काठमाडाैं । चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बोबी’ तिब्र प्रचार–प्रसारमा जुटेको छ । यही आउँदो असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ले देशव्यापीरुपमा कन्सर्ट गर्ने भएको छ । प्रचार–प्रसारलाई आक्रामक बनाउनको लागी चलचित्र निर्माण युनिटले असार १८ गतेबाट कन्सर्ट सुरु गर्न लागेको हो ।
चलचित्रमा उमेश र कविताका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । ‘बोबी लाइभ कन्सर्ट– नेपाल टुर’ नाम दिइएको उक्त कन्सर्ट असार १८ गते पोखराबाट सुर भई २६ गते भक्तपुरमा आएर टुंगिने निर्माण पक्षले जानकारी दिएको छ । टुरमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ’भद्रगोल’ टिमबाट कक्रोज र बलेका साथ कलाकारविमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ’बोबी’का मुख्य पात्र कविता गुरुङरउमेश थापा सहभागी हुनेछन् । यो टुरमा निर्देशक मिलन चाम्स पनि सामेल छन् ।
१८ गते पोखरा (सभागृह मिडटाउन), १९ गते चितवन (नारायणी रिभर साइड), २० गते हेटौडा (बुद्ध चोक), २१ इटहरी (इटहरी मल आइ सिनेमा), २१ गते धरान (बसपार्क), २२ गते दमक (गोकर्ण डिपार्टमेन्ट), २२ गते बिर्तामोड(हनुमान कम्प्लेक्स) हुँदै ’बोबी’ युनिट राजधानी फर्कने छ । त्यसपछि २५ गते काठमाडौँको बिजी मल, २५ गत नै ललितपुरको लगनखेलमा कन्सर्ट गर्दै २६ गते किर्तिपुर र भक्तपुरको सुर्य्विनायकमा पुगेर टर समाप्त हुनेछ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।