३० साउन, काठमाडौं । प्राकृतिक प्रकोपबाट सात वर्षमा २५ सय बढीको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार, बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरुमा उस्तै अनुपातमा बढ्दो छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ जनाको मृत्यु भइसकेको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । यही अवधिमा ३ हजार ३ सय ६३ जना घाइते पनि भएका छ ।
यस वर्ष मात्र वैशाखदेखि १० साउनसम्म मृत्यु हुनेको संख्या १ सय ५५ पुगेको छ भने १७ बेपत्ता भएका छन् ।