१९ असार , काठमाडौँ – नेप्से परिसूचकमा सोमबार पनि ४ दशमलव ८२ बिन्दुले घटेको छ । निरन्तर घट्दै आएको सेयर बजारमा ओरालो लाग्ने क्रम जारी रहेको छ । स्टक एक्स्चेन्जका अनुसार सेयर मापक परिसूचक घटेर १ हजार १७९ बिन्दुमा पुगेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव ४३ बिन्दुले ओरालो लागेको हो । कुल १५९ कम्पनीको ६ लाख ७२ हजार १०३ कित्ता सेयर २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।
स्टकका अनुसार दुई उपसमूहको सेयर बढेको छ । होटल समूह २ दशमलव २३ र विकास बैंक उपसमूह ३ दशमलव ७५ बिन्दुले बढेको हो । बैंकिङ ५ दशमलव ३४, जलविद्युत् १३ दशमलव ५९, फाइनान्स ३ दशमलव शून्य ४, बिमा २१ दशमलव ४४, उत्पादन शून्य दशमलव १३, अन्य १ दशमलव २१ र माइक्रोफाइनान्स ५ दशमलव २४ बिन्दुले घटेको छ ।