काठमाडौ (नेस) सिम्रिक एयरको हेलिकप्टर शनिबार अस्पतालको हेलिप्याडमा ल्याण्ड गर्दा भएको दुर्घटना पछि ग्राण्डी अस्पतालका सम्पूर्ण सेवाहरु सुचारु रहेको अस्पतालले जनाएको छ ।
अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको नाइन एन एएलआर कल साइनको हेलिकप्टर शनिवार दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको थियो ।
भरतपुरमा विरामी लिन जानकालागि मेडिकल टिम लिन विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गरिसकेपछि हेलिप्याडको छेउहुँदै तल खसेको थियो । तल खसेको केही मिनटमै हेलिकप्टरका पाइलट क्याप्टेन हरेराम थापा पनि सुरक्षित अवस्थामा बाहिर निस्कन सफल हुनुभयो ।
हेलिकप्टर खसेपछि अस्पतालको छानामा थोरै क्षति पुगेको भएपनि पूर्वतयारी र सतर्कताका कारण ठूलो क्षति हुन पाएन । जसका लागि तत्काल ग्राण्डी अस्पतालको सुरक्षा तथा रेस्क्यु टोली, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल तथा सिम्रिक एयरको इन्जिनियरिङ टोलीले संभावित क्षति न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेल्नुभयो । हामी उहाँहरुप्रति आभारी छौं ।
यस घटनाका कारण अस्पतालको नियमित सेवा संचालनमा कुनै बाधा नपुगेको र सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउन चाहन्छौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले जानकारी गराउनुभयो । दुर्घटनाग्रस्त हेलिकोप्टर भने प्राविधिक सर्वेको प्रकृया पुरा नभएकाले अझै केही दिन ग्राण्डी अस्पतालको छतमै रहने अस्पतालले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।