सचिन पंगेनी
लगातारको झरी र बाढीका कारण बुटवल,देवदह,भैरहवालगायत क्षेत्रका धेरै उद्योग प्रभावित भएका छन् । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका कार्यवाहक अध्यक्ष हिरामणि भट्टराईले क्षतिको सबै विवरण संकलनको काम भइरहेको बताउनुभयो । यहाँका करिब १० वटा उद्योगमा बढी क्षति पुगेको छ ।
बुटवल औद्योगिक क्षेत्रमा हालसम्म ६५ वटा उद्योग छन् । लुम्बिनी इलेक्ट्रिक, इन्टरटेक, एग्रो इन्जिनियरिङ, एग्रो एफरमिक, एचके, मनकामना हाइड्रोलगायत उद्योगहरूमा बढी क्षति पुगेको छ भने यहाँका उद्योगमा पानी पसेपछि बिजुलीको मिटरसेट,मटर,पम्प, कच्चा पदार्थ तथा उत्पादन भएका सामानहरू समेत नष्ट भएका छन् ।